• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्युठानको स्थानीय तहमा खरको छानो हटाउने होडवाजी,जनता खुसि


  •   आइतबार, चैत १७, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।
    खरको छानामुक्त बनाउने अभियानमा प्यूठानका स्थानीय सरकारहरु बिच होड्बाजी नै चलेको छ । प्रदेस सरकारले समेत आगामी ३ वर्ष भित्र खरको छाना रहित प्रदेस बनाउने संकल्प लिईएको बेला जिल्लाका स्थानीय तहहरु समेत गरिब एवं बिपन्नका घरमा टल्कने टिनका छानाले छाईदिने अभियानमा छन । जिल्लाका प्राय सबै गाँउ तथा नगर सरकारले गरिव तथा विपन्न घरपरिवारका जनताहरुलाई जस्तापाता वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।
    स्थानीय सरकारहरुले जनतालाई खुसी बनाउन विभिन्न आर्कषक प्याकेजका कार्यक्रमहरु ल्याउनमा समेत प्रतिस्पर्धा गरेका छन् । खरको झुपडीमा जिवन गुजारिरहेका गरिब परिवारलाई सुरक्षित छानामुनी ल्याउने कामको सुरुवात गौमुखी गाँउपालिकाले सुरु गरिसकेको छ भने अन्य पालिकाहरुले पनि कार्ययोजना तथा कार्यविधि बनाई अघि बढीसकेका छन् । गौमुखी गाँउपालिकाले खरको छानो मुक्त बनाउन चालु आ.व.मा ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैयाँ बजेट व्यववस्थापन गरेको गाँउपालिका अध्यक्ष विष्णुकुमार गिरिले बताए । गाँउपालिकाका १ हजार ६ सय ३३ घर परिवारका लागि ५ हजार ५ सय ५४ बण्डल जस्तापाता वितरण गर्ने कार्यको सुरुवात भैसकेको अध्यक्ष गिरिको भनाई छ ।
    प्यूठान नगरपालिकाले भने आगामी ४ वर्ष भित्र नगरपालिकालाई खरको छाना रहित नगरपालिका घोषणा गर्ने कार्ययोजना बनाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । नगरपालिकाले एक वडा एक पकेट क्षेत्र निर्धारण गरि कृषि तथा पशुपालनको क्षेत्रमा ठोस कार्य अघि बढाएको उनले बताए । नगरपालिकाले स्मार्ट सिटि बनाउन एकिकृत नगर विकस गुरुयोजना, एकिकृत यातायात गुरुयोजना तर्जुमा गरि कार्यान्वयनमा ल्याउन लागेको समेत नगरप्रमुख कक्षपतिले जानकारी दिए । नगरपालिकाले कार्यसम्पादन गर्न ऐनलाई विशेष प्राथिमिकता दिई ३६ वटा ऐन बनाई कार्यान्वयनमा ल्याएको उनको भनाई छ ।
    ऐरावतीमा आगामी आर्थिक वर्षदेखि लागु हुने गरि पालिकामा कार्यरत सरकारी कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय भएको उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । ‘८० काटेका बृद्धबृद्धाहरुको घरमै गएर स्वास्थ्य सेवा उपलब्ध गराएका छौँ ।’ उपाध्यक्ष बस्नेतले भने, ‘पालिकामा रहने अति विपन्न गरिब घरपरिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग गर्दैछौँ ।’ प्रदेस सरकारसंगको साझेदारीमा प्रत्येक वडाका २५ घरधुरीमा जस्तापाता वितरण गर्ने योजना बनाएको उनले बताए । पालिकाका उत्कृष्ठ किसानहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु संचालनमा ल्याईएको उपाध्यक्ष बस्नेतको भनाई छ ।
    मल्लरानी गाँउपालिकाले उज्यालो मल्लरानी कार्यक्रम अन्तर्गत विद्युतको पहुँच देखि बाहिर रहेका घरधुरीलाई सोलार वितरण गरेको छ । भौगोलिक विकटमा रहेका २ सय ५० घरधुरीमा आगामी २ वर्षभित्र उज्यालो पु¥याईने अध्यक्ष अमरध्वज रानाले बताए । ‘पालिकाले शिक्षा तथा कृषिको विकासमा विशेष ध्यान दिएको छ ।’ अध्यक्ष रानाले भने, ‘किसानलाई यान्त्रीक उपकरणमा ५० प्रतिसत अनुदान दिएका छौँ ।’
    सरुमारानी गाँउपालिकाले किसानसंग गाँउसरकार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाईरहेको छ । परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातमुखी बनाउन योजनाबद्ध ढंगले क्रमिक रुपमा किसानसंग गाँउसरकार कार्यक्रमको बजेट क्रमश बृद्धि गर्दै लगेको गाँउपालिका अध्यक्ष झग बहादुर वि.क.ले बताए ।

    गौमुखी गाउपालिकाको तस्वीर।


    यस चालु आवमा १ करोड बजेट व्यवस्थापन गरिएको छ । विभिन्न बस्तीमा माटो तथा वातावरणीय परिक्षणद्धारा उत्पादन हुने बालीको आधारमा पकेट क्षेत्र निर्धारण गरि किसानलाई उत्पादनमा बृद्धि गर्नका लागि विउ, मल, पूर्वाधार, कृषि यन्त्र तथा औजारमा परिपुरक बजेट अनुदानको व्यवस्था गर्ने कार्यक्रम रहेका पालिकाले जनाएको छ । उत्पादित बस्तुलाई संकलन तथा बजारीकरण गर्न कृषि सहकारी संस्थालाई जिम्मेवारी दिँदै सहकारीलाई समेत सबसिटि दिने पालिकाले योजना बनाएको अध्यक्ष वि.क.को भनाई छ । अति विपन्न घरपरिवारलाई खरको छाना वितरण कार्य पनि छिट्टै गर्न लागिएको उनले बताए ।
    उता स्वर्गद्धारी नगरपालिकाले पनि जनतासंग मेयर कार्यक्रम मार्फत बेरोजगार युवालाई प्राथमिकता दिई विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । माण्डवी गाँउपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी अघि बढीरहेको छ ।यसैगरि झिमरुक गाँउपालिकाले आगामी ५ वर्ष भित्र खरको छानामुक्त गाँउपालिका बनाउने भएको छ । ‘७ करोड बजेट लाग्ने रहेछ ।’ पालिका अध्यक्ष तिलक जिसिले भने, ‘सन्तुलित र समतामुलक नीतिका साथ गाँउपालिकाको विकासमा लागेका छौँ ।’ एकै वर्षमा खरको छाना विस्तापन गर्दा वनजंगल मासिने र सबै बजेट एउटै क्षेत्रमा खर्च हुने हुँदा पालिकाका अन्य महत्वपूर्ण विकास गतिविधि प्रभावित हुने जिसिको बुझाई छ । पालिकाकै गौरवको रुपमा वडा नं. ३ देखि ५ सम्म सिंचित गर्ने सिंचाई नहर निर्माणको कार्यलाई अघि बढाईएको अध्यक्ष जिसिले बताए । ओखरकोटको नेपानेमा राष्ट्रियस्तरको खेलमैदान निर्माण र गौमुखी पर्यटन विकास कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाईएको उनले जानकारी दिए । पालिकाको माथिल्लो भागमा झिमरुक रिङ्गरोडलाई स्तरोन्नती गर्न फलफुल सेलार स्टोर तथा हाईटेक नर्सरी निर्माणको लागि केन्द्र सरकारसंग माग गरिएको अध्यक्ष जिसिले बताए ।

    Advertisement

    आइतबार, चैत १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...