ज्योती अदै खाम्चा,देवदह । प्रदेश सासंद डा.कृष्ण न्यौपानेले रुपन्देहीको देवदहलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्दै अगाडि बढाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार देवदहमा दिर्घायु नेपालको प्रथम साधारण सभा तथा अधिवेशनमा न्यौपानेले पर्यटकलाई आकर्षण गर्ने गरि पुर्वाधार बिकास गर्नुपर्ने देखिएको बताउनुभयो । उँहाले देवदहलाई आध्यात्मीक ,एतिहासीक नगर निर्माणको लागि प्रदेश सरकार र देवदह नगरपालिकाको प्रयत्नमा योजनाहरु बनेको जानकारी गराउनु भयो । उहाँले दिर्घायु नेपालले सुन्दर देवदह निमार्ण देखी देशव्यापी रुपमा प्राविधिक चिकित्साको कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नु भयो । दिर्घायु नेपालले सामुदायीक अस्पतालको स्थापना गर्ने अभियानमा आफ्नो साथ रहने प्रतीबद्धता जनाउनु भयो । कार्यक्रममा डा.मनोहर जोशी , देवदह नगर प्रमुख हिरा ब.खत्री , दिर्घायु नेपाल केन्द्रीय अध्यक्ष केशव घिमिरे लगाएतले आ–आफ्नो भनाई राखेका थिए । गोविन्द ज्ञवालीको अध्यक्षता भएको कार्यक्रममा दिर्घायु नेपालका संस्थापक सल्लाहाकार ज्ञान प्रसाद गैरे , प्रमुख संरक्षक डा.लक्ष्मीकान्त पाण्डेय, गोपाल ढकाल , गिता देवी पाण्डे ,विभिन्न वडाका जनप्रतिनिधिह? , सामाजिक तथा राजनितीक व्यत्तीहरुको सहभागिता रहेको थियो । कार्यक्रम कमला ज्ञवालीको स्वागत तथा कमल प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
देवदहलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न आवाश्यक: न्यौपाने
देवदहलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न आवाश्यक: न्यौपाने
Advertisement
तपाईको प्रतिक्रिया