बुुटवल । रुपन्देही जिल्लाको बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी हुँदा ५० लाख वढिको नोक्सानी भएको छ । बिहीबार साँझ सुुरक्षा पोष्ट र विद्युत गृहकाे जेनेरेटमा आगलागी भएको हो । आगलागीबाट अस्पतालका दुुई वटा जेनेरेट जलेर नष्ट भएका छन् । अस्पतालका निर्देशक डा विनोद पराजुुलीले आगलागीबाट ५० लाख बराबरको क्षति भएको निर्देशक पराजुुलीले जानकारी दिए । उनले जेनेरेटबाट आगो निस्केकोले विद्युत सट भएर हुुने सक्ने अनुुमान गरिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी डिलबहादुुर मल्लले आगो पूूर्णरुपमा नियन्त्रणमा आएको जानकार दिए । आगो बुटवल उपमहानगरपालिकाको दमकलले निभाएको छ।
Advertisement