• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

फेसबुक अभियानले गाउँमा एम्बुलेन्स


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  • कामना डेली,इलाम,चमैता–सामाजिक सञ्जाल फेसबुकलाई दुरुपयोग गर्नेहरू समाजमा प्रशस्तै छन् तर त्यही सञ्जाललाई सदुपयोग गरेर ईलामका युवाले गाउँमा एम्बुलेन्स भित्र्याएका छन। कच्ची सडक, गाउमा गाडि पुगेको लामै समय भयो,अहिले पनि सडकको अबस्था त्यती राम्रो छैन। त्यसैले नियमित सवारी साधन सञ्चालन हुँदैनन् । वर्षा लागेपछि त अधिकांश समय बन्द हुन्छ । बर्षामा कोहि बिरामी भए बोकेरै अस्पताल पुर्याउनुपर्ने बाध्यता छ।  गाउँका धेरै मानिस बिरामी पर्दा भाडाका गाडी रिजर्भ गर्न पनि नपाउने अवस्था थियो । गाडी रिजर्भ गर्नसमेत रातिको समय कुर्नुपर्ने बाध्यता थियो । मुस्किलले गाडी पाईन्थ्यो,कोही बिरामी पर्‍यो भने कम्तीमा ५/६ हजार रुपैयाँ तिरेर बिरामी लैजान यस भेगका बासिन्दा बाध्य थिए ।अस्पताल पनि टाढां बोकेर पनि के साध्य होला र? गाउँको यस्तै दु:ख देखेर निमेकको लागि जन्मथलोबाट टाढा गएका युवाहरुको फरक सोच पलायो,एम्बुलेन्स संचालन गर्ने, तर कसरी गर्ने? उनिहरुले गाउँबाट एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाए । उनिहरुलाई यति धेरै रकम कहाँबाट ल्याउने भन्ने चिन्ता लाग्यो । विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्दै ‘जन्मभूमिको सेवा, विकासमा टेवा’ नामको अभियान चल्यो। तर यतिबेला भने उनिहरुको त्यो सपना पूरा भएको छ । चमैता सरोकार समाज’ संस्थाको पहलमा संकलित रकमले इलामको देउमाई नगरपालिका अन्तर्गत रहेको चमैतामा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

    Advertisement

    बुधबार देउमाई नगरपालिकाका मेयर सूर्य पोखरेलले चमैतामा एम्बुलेन्स सञ्चालनको औपचारिक रुपमा उद्घाटन गरेका छन् । एम्बुलेन्स उद्घाटन गर्दै मेयर पोखरेलले गाउँमा एम्बुलेन्स सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै चमैतालाई माया गरी यस अभियानलाई सफल बनाउने सवैलाई धन्यवाद व्यक्त गरे । अभियान सञ्चालन गर्ने ‘चमैता सरोकार समाज’ लाई आगामी दिनमा यस्तै अन्य सामाजिक सुधार र विकासका कार्यक्रमहरु गाउँमा ल्याउने हो भने नगरपालिकाले सँधै सहयोग गर्ने र त्यस्ता योजनाहरुमा नगरपालिकाले साझेदारी गर्न पनि तयार रहेको बताए ।

    शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम तथा स्वरोजगारमुलक विभिन्न क्षेत्रमा काम गर्दै विशेषगरि आफ्नो जन्मथलो चमैताको सेवा र विकासमा जुट्ने उद्देश्यका साथ ‘चमैता सरोकार समाज’ नामक संस्थाको स्थापना २०७४ सालमा काठमाडौंमा भएको हो भने यसको शाखा चमैता इलाममा छ । भौगोलिक विविधताले धनी, पर्यटनको प्रचुर सम्भावना बोकेको ऐतिहासिकता र उत्पादकत्व पनि राम्रो भएको गाउँ चमैता इलामका अन्य क्षेत्रभन्दा कम चर्चामा आउने गरेको कारण चमैतामा जन्मे–हुर्केका व्यक्तिहरुको सामूहिक प्रयासबाट आफ्नो ठाउँको विकासको लागि एक भएको ‘चमैता सरोकार समाज’का अध्यक्ष मन बहादुर गुरुङ बताउँछन् । गुरुङले दिएको जानकारीअनुसार एम्बुलेन्स खरिद गरेर झण्डै चार लाख हाराहारीमा सहयोग रकम मौज्दात रहेको र त्यो रकममा अरु थप गर्दै शिक्षा, पर्यटनलगायतका क्षेत्रहरुमा लाग्ने र चमैतामा तत्कालै आफ्नै संस्थाको भवन निर्माण गर्ने योजना रहेको छ ।

    नौमती बाजासहित स्वागत र उद्घाटन भएको कार्यक्रममा उल्लेख्य मात्रामा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो भने देउमाई नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष माधवकुमार वस्नेत, वडा नम्बर दुईका वडा अध्यक्ष भवानी साम्पाङ राई, वडा नम्बर तीनका वडा अध्यक्ष दावा तामाङ त्यस्तै देउमाइ नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष राजेन्द्र वास्तोलाको पनि उपस्थिती रहेको थियो भने फिदिम नगरपालिका बडा नम्बर चारका वडा अध्यक्ष प्रकाश गुरुङको पनि उपस्थिति रहको थियो । उपस्थित सवै वडा अध्यक्षहरुले शुभकामना व्यक्त गर्दै सहयोगको बचन दिए ।

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...