बुटवल–रुपन्देहीमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका १ रानीबगियामा भएको उक्त दुर्घट्नामा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वडा नं ९ घर भइ हाल सैनामैना ४ लखनपारा निवासी २५ वर्षीय सुरज बलाल रहेको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ । बुटवलतर्फ गईरहेको ना ७ ख ४०३६ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ३७०६ नं को मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको नियन्त्रणमा रहेको छ ।
Advertisement