सागर थापा/महेन्द्र सिंह,बाँके। बाँकेमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तरगत नेपालगन्ज अनुसन्धान ब्युरो प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनिहरुलाई नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ४ बसपार्क नजिकबाट पक्राउ गरेको हो। चितुवाको छाला सहित पक्राउ पर्नेहरुमा रोल्पाको लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने बर्ष ४४ का चन्द्र बहादुर घर्ती र सुनिल स्मृति गाँउपालिका २ बस्ने आइते बिष्ट मगर रहेको अनुसन्धान ब्युरो प्रमुख रेग्मीले बताए ।
गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको जनाईएको छ । पक्राउ परेका ब्यक्तिहरुको साथबाट चितुवाको छाला बरामद भएको हो पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानकालागि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ । पछिल्लो समयमा बाँकेमा बन्यजन्तुका छालाहरुको अबैध कारोबारमा बृद्धि भए पछी ५. नम्बर प्रदेश प्रहरीले यो अभियानलाई तीव्रता दिइएको पनि ५. नम्बर अनुसन्धान ब्यूरो प्रमुख रेग्मीले जानकारी दिएका छन ।
बाँकेमा चितुवाको छाला सहित रोल्पाका दुई जना पक्राउ
बाँकेमा चितुवाको छाला सहित रोल्पाका दुई जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया