धादिङ – पेस्तोल र गोलीसहित ३ जना प्रहरीको फन्दामा परेका छ्न। जिल्ला प्रहरी कार्यालाय धादिङका अनुसार
पक्राउ परेका तीनै जना जिल्लाको खनियाबास गाउँपालिका–५ का स्थानिय हुन। पक्राउ पर्नेमा सत्यदेवी ३० वर्षीय आशिष थापामगर, २५ वर्षीय नारायण थापामगर र २३ वर्षीय बिशाल गुरुङलाई चाइनिज पेस्तोल १ थान र गोली ७ राउण्डसहित सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ईलाका प्रहरी कार्यालय फुलखर्कबाट सुरक्षार्थ खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हतियारसहित फेला पारेर पक्राउ गरिएको जनाइएको छ ।
Advertisement