• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

बुटवल उपमहानगरपालिकाले यस्ता ४६ कानून बनायो


  •   सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
  • बुटवल– बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा बजार अनुगमन र न्याय निरुपणका कामहरुलाई थप व्यवस्थित बनाउन विभिन्न ४६ वटा कानून निर्माण गरेको छ ।

    Advertisement

    नगरसभा र नगर कार्यपालिकाहरुबाट विभिन्न समयमा तयार भएका यी कानूनहरु प्रदेश र संघीय सरकारमा पनि पठाइएको छ भने प्रदेश राजपत्रमा पनि प्रकाशित भइसकेका छन् ।

    उपमहानगरपालिकाको आवधिक र दीर्घकालीन तथा बहुवर्षे योजना छनौट गरी तिनको कार्यान्वयनका लागि विभिन्न कार्यविधिहरु पनि बनाइएको छ ।

    सबै वडाहरुमा छलफल र सुझाव संकलन गर्दै उपमहानगरको एकीकृत शहरी विकास योजना (आइयूडीपी) २०७५ समेत तयार पारेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

    नगरसभाबाट ऐन, आचारसंहिता, कार्यविधि, निर्देशिका तथा नियमावलीहरु पारित गर्नुअघि विषयगत समितिहरुमै विज्ञहरुसँग समेत परामर्श लिइएको प्रमुख सुवेदीको भनाइ छ ।

    कस्ता कस्ता परित भए ?
    आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, प्रशासनिक कार्यविधि ऐन २०७४, नगर शिक्षा ऐन २०७४, नगर सहकारी ऐन २०७४, कृषि व्यवसाय पवर्द्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन ऐन २०७४, निर्माण व्यवसाय ऐन २०७४ तथा सार्वजनिक निजी साझेदारी ऐन २०७४ राजपत्रमा प्रकाशित भएर लागू भइसकेका छन् ।

    यस्तै आर्धिक कार्यविधि ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर स्वास्थ्य ऐन २०७५, कार्यम्पादन नियमावली २०७४, निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि÷नियमावली २०७४, बैठक सञ्चालन कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, जाँचपास तथा फरफारक कार्यविधि २०७४ र योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७४ पारित भइसकेका छन् ।

    यसैगरी मर्मत सम्भार एवम् विपद् तथा खर्च व्यवस्थापन कार्यविधि २०७४, न्यायिक कार्यविधि २०७४, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४, निर्माण व्यवसायी कार्यविधि २०७४, ज्येष्ठ नागरिकहरु परिचयपत्र वितरण निर्देशिकासमेत पारित भएको उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् ।

    यस्तै संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५, टोलविकास संस्था समन्वय समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका २०७४, बुटवल उपमहानगरपालिकाको वडा नं १४–१९को भवन निर्माण तथा भूउपयोग मापदण्ड २०७४, नगर कार्यपालिकाको भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ पारित भएका छन् ।

    कार्यपालिकाका कर्मचारीहरुको आचार संहिता २०७४ र बुटवल उप–महानगरपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७४ पनि पारित भएका छन् ।

    उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिँदै त्यसका लागि छुट्टै सार्वजनिक निजी साझेदारी नीति २०७४ बनाएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
    उपमहानगरपालिकाले कार्य विभाजन नियमावली २०७५, कार्य सम्पादनमा आधारित भत्ता कार्यविधि २०७५, नगर शिक्षा नियमावली २०७५, स्थानीय वजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५, सहकारी संस्था धानवाली धितो भण्डारण गरि लिने सम्बन्धी कार्यविधि २०७५, निजी जग्गाको माटो वा निर्माणजन्य अन्य खनिज पदार्थको उत्खनन्, ओसारपसार तथा विक्री वितरण गर्ने अनुमति प्रदान गर्ने कार्यविधि २०७५ लगायतका कार्यविधि तथा ऐनहरु पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।

    नगर कार्यपालिकाबाटै नगर योजना आयोग गठन तथा सञ्चालन सम्बन्धी नियमावली २०७५, हितकारी कोष सञ्चालन सम्बन्धी कार्यविधि २०७५, युवा क्लब गठन तथा नमुना युवा संसद सञ्चालन कार्यविधि २०७५ तथा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ र लैङ्गिक मूल प्रवाहीकरण पछि पारिएका व्यक्ति, वर्ग, समुदायको हीत प्रवद्र्धन गर्नेसम्बन्धी कार्यविधि २०७५ पनि पारित भएका छन् ।
    यस्तै चौथो नगरसभाबाट न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक २०७५, बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक २०७५ तथा भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) र बुटवल उपमहानगरपालिकाबाट म्पादन हुने कार्यलाई अनुगमन तथा मूल्यांकन गर्ने विधेयक २०७५ पारित भएको छ ।

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation