काठमाडौं–विशेष अदालतले बुधवार थुनछेक बहसपछि पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्यिारले दायर गरेको मुद्दामा विशेष अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसा पोखरेलको संयुक्त इजलाशले पाण्डेसँग ४ करोड धरौटी माग गरेको थियो ।
पाण्डेका लागि ग्लोबल आइएमई बैंकले ग्यारेन्टी दिएपछि उनी रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिचाइँ आयोजनामा अनियमितता भएको भन्दै गत मंसिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख बिगो र जरिवानासहित ३ वर्षको कैद सजाय माग दावी गरेको थियो ।