काठमाडौं । नुवाकोटमा यस वर्ष ४७ हल गोरु जुधाइएको छ । माघे संक्रान्तिका अवसरमा हरेक वर्ष नुवाकोटमा गोरु जुधाइ कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
Advertisement
यसवर्ष तारकेश्वर गाउँपालिका–२, तारुकाको चन्दनी, विदुर नगरपालिका–१० बेत्रावती र पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा गरी ४७ हल गोरु जुधाइएको हो ।
मेलामा विजेता गोरु धनीले ६ हजार नगद पाएका छन् भने उपविजेताले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।