• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

दोस्रो विहे गर्ने कर्मचारीले पेन्सन नपाउने


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • काठमाडौं । के तपाई सरकारी कर्मचारी हुनुहुन्छ ? अनि सरकारले भर्खरै लागू गरेको कर्मचारी समायोजन अध्यादेशका बारेमा कतिको जानकार हुनुहुन्छ ? संघीय निजामती सेवा ऐनले कर्मचारीहरुका लागि केहि नयाँ व्यवस्थाहरु गरेर आएको छ ।यदि तपाई सेवाबाट अवकाश पाइसक्नु भएको निजामती कर्मचारी हुनुहुन्छ भने अब तपाईले पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउनु हुने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो ।

    Advertisement

    यसअघि निजामती कर्मचारीहरुको सेवा अवधि २० वर्ष पूरा भएपछि पेन्सन नै लिनुपर्ने बाध्यकारी व्यवस्था थियो, संघीय निजामती सेवा ऐनको मस्यौदामा त्यसलाई हटाएर स्वेच्छिक बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

    संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ६१ मा निवृत्तभरणको व्यवस्था राखिएको छ । दफा ६१ को उपदफा ५ मा लेखिएको छ, ‘कुनै निजामती कर्मचारीले २० वर्ष सेवा अवधि नपुग्दै यस ऐन बमोजिम अनिवार्य अवकाश पाउने भएमा त्यस्तो निजामती कर्मचारीको कुल नोकरी अवधिकै आधारमा उपदफा (१) बमोजिम हुने निवृत्तभरण वा दफा ६० बमोजिम हुने उपदानमध्ये जुन लिन चाहन्छ सोही सुविधा दिइने छ ।

    उपदफा १ मा २० वर्ष सेवा वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीलाई मासिक निवृत्तभरण (पेन्सन) आजीवन पाउने उल्लेख छ । यसरी मासिक निवृत्तभरण दिँदा जम्मा सेवा वर्षलाई अन्तिम महिनाको तलबको रकमले गुणा गर्ने र त्यसको योगफललाई ५० ले भाग गर्दा जति अंक आउँछ, त्यति रकम मासिक पेन्सनको रुपमा सरकारले उपलब्ध गराउँछ ।

    यसैगरी दफा ६० मा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने पदबाट हटाइएमा उपदान पाउने व्यवस्था छ ।
    पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलबको रुपमा उपदान पाउने छ ।

    यस्तै १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको आखिरी एक महिनाको तलब र १५ वर्षभन्दा बढी २० वर्षभन्दा कम सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब उपदान स्वरुप पाउने छन् ।
    उमेर हद ५८ नै कायम

    दफा ६१ को उपदफा २ मा लेखिएअनुसार पेन्सनको न्युनतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरुको अंकको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तबलको शुरु स्केलभन्दा बढी हुने छैन ।

    १५ वर्ष सेवा अवधि पूरा गरेको कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष अवधिसम्म थप गरेर निजको परिवारलाई पेन्सन वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिइने छ ।

    कर्मचारीको उमेर हद भने ५८ नै कायम गरिएको छ । यसअघि अवकाशको उमेर ६० वर्ष बनाउने तयारी भएको थियो । कुनै सरकारी पदमा अघि गरेको सेवा वापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय निजामती सेवाको पदमा नियुक्त भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि पनि जोडिने छ र सोही अनुसार पेन्सन पनि लिन पाउने छ ।

    यदि पेन्सन पाइरहेको निजामती कर्मचारीले अन्य मुलुकको नागरिकता लिएको प्रमाणित भएमा पेन्सन पाउने छैन तर गैरआवासीय नेपालीको हकमा भने प्रचलित कानुन बमोजिम हुने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ ।

    बहालवाला कर्मचारीको तलब वृद्धि भएमा अवकाश प्राप्त कर्मचारीको पेन्सनमा वृद्धि हुने छ । दफा ६२ मा लेखिएको छ, ‘बहालवाला निजामती कर्मचारीको तलव बृद्धि हुँदा तलबको सुरु अंकमा जति भएको छ त्यसको दुई तिहाइ रकम समान पदका सेवा निवृत्त निजामती कर्मचारीको निवृत्तभरणमा पनि थप गरिने छ ।’

    कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको मृत्यु भएको सात वर्षसम्म र निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सात वर्ष बाँकी अवधि निजको परिवारलाई उपदान वा निवृत्तभरण दिइने छ ।

    अर्को बिहे गरे पेन्सन नपाउने
    निवृत्तभरण विधुर पति वा पत्नीले समेत पाउने व्यवस्था गरिएको छ । तर विधुर पति वा पत्नीले अर्को बिहे गरेमा भने पेन्सन पाउने छैन । निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा–छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म पेन्सन रकम सरकारले उपलब्ध गराउने छ ।

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation