बर्दिया।
बर्दियाको राजापुर नगरपालिका १० का वडा सदस्य उत्तम चौधरी साढे दुई लाख घुससहित प्रकाउ परेका छन्।
Advertisement
क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग लिएको घुस बापतको रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले चौधरीलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
कोठियाघाटको एक होटलबाट नियन्त्रणमा लिइएका उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।