कामना डेली, कपिलवस्तु।
काठमाडाैं । भारतकाे एक हाेटलमा ७ महिनादेखि बन्धक बनाएर राखिएकाे नाै नेपाली चेलीकाे उद्धार गरिएकाे छ । दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा उनीहरुको पुस १० मा उद्धार गरिएकाे हाे ।
कुवेत, दुवई र साउदीलगायतका अन्य खाडी मुलुक लैजाने भनी भारतको नयाँ दिल्लीस्थित पहाडगंजको रिङ्गो होटलमा सात महिनादेखि राखिएका ९ नेपाली महिलाको उद्धार गरी स्वदेश फिर्ता गरिएको के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले एस काठमाडाैंलाई बताएका हुन् ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी ११ पुसमा उद्धार गरिएकाे ती नेपाली चेलिहरुलाई अहिले परिवारमा पुनर्मिलन गराइएको छ । नेपालको सुनौली तथा काकर्भिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमा पार गराइएको र भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखिएकाे थियाे । उनीहरुलाई दलालले आज भोलि भन्दै सात महिनासम्म आफू लगायत अन्य ८ जनालाई पनि बन्धक बनाई राखेको एक पीडितले बताए ।
त्यसरी बन्धक बनाइएका नाै मध्ये ७ जनालाई कुवेत, बाँकी दुईलाई दुवई र साउदीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी लगिएको थियाे । के.आई. नेपाल दिल्लीस्थित प्रतिनिधि नविन जोशीले दिएको जानकारी अनुसार विभिन्न ७ जिल्लाबाट फरकफरक व्यक्तिहरुसँगको सम्पर्कको माध्यमबाट उनीहरु परिवारको कमजाेर आर्थिक अवस्थाका कारण धन कमाउने सपना देखेर भारत पुगेका थिए ।
मानव बेचविखनको बदलिदो स्वरुपसंगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल र कठिनपुर्ण हुँदै गइरहेको छ । चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौ महिला तथा किशोरीहरु समस्यामा पर्दै आएका छन् ।