• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

यसरी हुन्छ सम्बन्धविच्छेदले छोराछोरीको बिचल्ली


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • बुटवल । बाहिर प्रेमिका राखेका बुटवल देवीनगरका श्याम थापाले घरमा दिनहुँ झगडा गर्न थाले । झगडा बिस्तारै कुटपिटमा परिणत भयो ।

    Advertisement

    दिनहुँको यातनाले दिक्क बनेकी इन्दुले गत वर्ष जिल्ला अदालत रूपन्देहीबाट सम्बन्ध विच्छेद गरिन् । लगत्तैघरायसी कामदारका रूपमा दुबई गइन् । श्यामले पनि दोस्रो बिहे गरे ।

    यसले पतिपत्नीको समस्या सल्टियो । तर, ३ छोराछोरीको भने बिचल्ली सुरु भयो । ‘बाआमा सम्बन्ध तोडेर गए,’ नातिनातिनी पालेकी हजुरआमा मनकलाले गुनासो गरिन्, ‘यी ३ चिचिलालाई अब कसले कसरी पाल्ने समस्या छ ।’

    मनकलाका भनाइमा सम्बन्धविच्छेदका बेला छोराछोरीको जिम्मा लिएका श्याम दोस्रो बिहेपछि घरमै आएका छैनन् । आमाले पनि सम्झेकी छैनन् । बालबालिका भने दिनहुँ बाआमाकै सम्झनामा रुन्छन् । उनीहरूकै यादमा टोलाउँछन् । ‘लाउन खान दिएर मात्रै नपुग्दो रहेछ,’ मनकलाले भनिन्, ‘पढाइ खर्च जुटाउन नसक्दा बोर्डिङबाट छुटाएर सरकारीमा पठाएकी छु । अब पनि खर्च नदिए त्यही स्कुलबाट पनि छुटाउनुपर्नेछ ।’

    पछिल्लो समयमा पति–पत्नीबीच मनमुटाव बढ्दा त्यसलाई सम्बन्धविच्छेदबाट टुंग्याउने चलन बढेको छ । धेरै वैवाहिक सम्बन्ध समन्वय र सहजीकरणको अभावमा टुटै गएका छन् । अरूको अधीनमा बस्नुभन्दा स्वतन्त्र बन्ने चाहनामा पनि वैवाहिक सम्बन्ध तोडिएका छन् । पती–पत्नीले स्वतन्त्र बस्ने चाहना पूरा गर्दा त्यसको असर बालबालिकाले चुकाउनुपरेको छ ।

    बाबुआमाको मायामा बिताउने बालापन एक्लै काट्नुपरेको छ । धेरै बालबालिकाले आर्थिक, शारीरिक र मानसिक समस्या भोगेका छन् । केही बालबालिका त कुलतमा लाग्ने र सडक छाप बन्ने गरेका छन् । त्यसैमध्येका हुन्, सैनामैनाका दिनेश न्यौपाने । बाबुआमाको माया नपाएकै कारण उनी अहिले लागूऔषधको दलदलमा फसेका छन् ।

    चिकित्सकले बाबुआमा दुवैको परामर्शमा मात्रै औषधि चलाउने बताएपछि हजुरबुबा हिमलाल सन्तापमा छन् । ‘कक्षा ९ मा पढ्दै कुलतमा लाग्यो । पटक–पटक स्कुल र प्रहरीकहाँ लगेर सम्झायौं, मानेन,’ हजुरबाले भने, ‘६ महिनादेखि भैरहवाको पुन:स्थापना गृहमा राखेको छु । त्यहींका डाक्टरले पनि बाआमा ल्याउन भनेपछि समस्या परेको छ ।’

    हिमलालका अनुसार नियमित रक्सी खाएर मात्तिने र बुहारीलाई कुट्ने गर्न थालेपछि समस्या भएको हो । ‘बुहारीले पटक–पटक इलाका प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीले घरायसी विवाद भन्दै कार्यालयमा बोलाउने र सम्झाउनेबाहेक केही गरेन,’ उनले भने, ‘घरेलु मुद्दा लिएर अदालत गइन् । मुद्दाको झन्झटिलो प्रक्रिया देखेर सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् ।’ ०७१ चैतमा मुद्दा छिनोफानो भयो । छोराछोरी पाल्ने जिम्मा पाएका बाबुले त्यसयता वास्तै गरेनन् । परिणाम छोरा १३ वर्षमै लागूपदार्थको लतमा लाग्न पुगे ।

    सम्बन्धविच्छेदपछि बाबुआमाले छोडेका मात्र होइन, बाबु वा आमासँगै भएका धेरै बालबालिकामा पनि समस्या देखिएको छ । यसमध्येका हुन्, तिलोत्तमा नगरपालिका शंकरनगरका सम्पन्न क्षत्री । १२ वर्षे यी बालकमा अहिले डिप्रेसन देखिएको छ । धेरै बोल्दैनन्, टोलाइरहन्छन् । कतिकति बेला एक्लै रुन्छन् । ‘डाक्टरले बाबुको अभावले यस्तो भयो भन्छन्,’ आमा कल्पनाले सुनाइन्, ‘एक वर्षयता नियमित चेकजाँच गराएकी छु । तर, खासै परिवर्तन देखिएको छैन ।’

    कल्पनाका भनाइमा ३ वर्षअघि उनी र पति शिवबीच सम्बन्धविच्छेद भएको हो । बाआमाको सम्बन्धविच्छेदपछि सम्पन्न पनि बाबुबाट अलग भए । यसलगत्तै उनमा पनि समस्या देखिएको थियो । ‘पहिले पतिको हर्कतले घरमा बस्नै नहुने थियो । अहिले छोरा छोड्नै नहुने भएको छ,’ कल्पनाले गुनासो गरिन्, ‘एक्लो मायाले बालबालिकालाई नपुग्दो रहेछ ।’

    भदौ १ गतेदेखि मुलुकमा नयाँ संहिता लागू भएको छ । नयाँ संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएको छ । नयाँ देवानीसंहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा यसअघि महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।

    यसले सम्बन्धविच्छेद गर्न जाने पुरुषको संख्यासमेत रूपन्देहीमा हात्तै बढेको छ । चालु आर्थिक वर्षको ४ महिना अर्थात् साउनयता मात्रै ३ सय ४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । त्यसमध्ये १ सय ७ उजुरी पुरुषले दिएका थिए । जबकि, गत वर्ष ५ सय १० जोडीले सम्बन्धविच्छेद गरेकामा उजुरी दिने पुरुषको संख्या ७ मात्रै थियो । अदालतका स्रेस्तेदार सञ्जीव पोखरेलका अनुसार अदालतमा परेका मुद्दामा धेरै आमाबाबु बनेकै जोडीले सम्बन्ध तोडेका छन् ।

    ऐनले ५ वर्षसम्मका बालबालिका आमाको जिम्मा हुने अधिकार दिएको छ । यसपछि भने बालबालिकाको इच्छामा भर पर्छ । स्वेच्छामा भनिए पनि धेरै बालबालिका बाबुकै जिम्मामा लगिने गरेको अदालतका श्रेस्तेदार पोखरेलले बताए।

    ‘बाबुको जिम्मामा सन्तान रहने रउमेर पुगेपछि अंश दिने कबोलमा सम्बन्धविच्छेद भएका धेरै छन्,’ उनले भने ।

    अदालतमा बाबुले जिम्मा लिए पनि बाआमा छुट्टिएपछि धेरै बालबालिका आफन्तको शरणमा पनि पुग्ने गरेका छन् । जिम्मा लिएको बाबुले रेखदेख र शिक्षादीक्षामा बेवास्ता गरेपछि यस्तो हुने गरेको हो । पुन:स्थापना केन्द्र सञ्चालन गरेकी कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले आफन्तका जिम्मा छोड्ने र नियमित रेखदेख नगर्दा त्यस्ता बालबालिकाको वृद्धि र विकासमा समस्या परेको बताइन् । ‘बाबुआमाको माया नपाउँदा केही बालबालिका देखिने गरी नै कुलतमा लाग्ने र डिप्रेसनमा पर्ने गरेका छन्,’ उनले भनिन्, ‘धेरैको आचरण, संस्कार र शिक्षादीक्षामा समस्या देखिएको छ ।’

    अधिवक्ता हेमा न्यौपानेले घरेलु हिंसा र अंश मुद्दालाई प्रभावकारी नबनाउँदा धेरै जोडीले सम्बन्धविच्छेदको बाटो रोजेको बताइन् । ‘सम्बन्धविच्छेदले टुक्रिने घरपरिवार र बिचल्लीमा पर्ने बालबालिकालाई संरक्षण गर्न सम्बन्धविच्छेदलाई कडा र हिंसाविरुद्धको न्याय प्रणालीलाई कडा बनाउनुपर्छ,’ अधिवक्ता न्यौपानेले भनिन्, ‘यसले सामान्य घटनामा पनि पति–पत्नीबीच सम्बन्धविच्छेद हुने र सन्तान अलपत्रपर्ने अवस्था रोकिनेछ ।’

    आजको कान्तिपुरबाट यो समाचार साभार गरेका हौं ।

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation