माधव बेल्वासे
कपिलवस्तु (चन्द्रौटा)
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । शिवराज नगरपालिकाको आयोजना आयोजीत उक्त प्रतियोगीतामा शिवराज नगरपालिका भित्र रहेका विद्यालयहरु प्रतिष्प्रधा हुने भएको छ । प्रतियोगीता लाई शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सिठ्ठी बजाएर र अन्य अतिथिहरु १०० मिटर दौडेर खेलको उद्धघाटन भएको थियो ।
खेल उद्धघाट गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले नगरभित्रमा विद्यार्थीहरुको खेल प्रती गरेको जागरुकताले खेलकुद क्षेत्र पनि शिवराज नगरपालिका अग्र स्थानमा हुनुपर्ने जनाए ।संसारका ठुला देशहरुमा अर्थतन्त्रको मात्र लडाई नभई उनिहरुमा खेलकुदको पनि ठुलो लडाई रहेको वताए । संसाद केसीले प्रदेश न ५ ले खेलकुदमा नया योजनाका साथ अघि वढेको जनाउदै स्थानिय तह हरुले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने जनाए ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले खेलकुद स्वस्थ्यको लागी पनि फाइदाजन रहेको वताए । शिवराज नगरपालिकाले अन्य वर्ष जस्तै यस वर्ष पनि नगरका सम्पुर्ण विद्यालय स्तरका विद्यार्थीहरुलाई विभिन्न खेलकुद मा सहभागी गराउने जनाए । अधिकारीले विद्यार्थीहरु शिक्षा सगै खेलकुदमा पनि उच्च स्तरमा हुनुपर्नेमा जोड दिए ।
पुष १२ गते सम्म चल्ने प्रतियोेगीतामा १७ वटा खेल हुने वताइएको छ जसमा आधारभुत तहमा ६ वटा खेल र अन्य खेल माध्यमिक तहस्तरमा खेल संचालन हुने शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुर्ण विकले जनाए ।
तस्विर उद्धघाटन सत्रमा प्रदेश सभा सदस्य अर्जुन केसी र वडा अध्यक्ष चुर वहादुर खड्काको दौड
चन्द्रौटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु
चन्द्रौटामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु
Advertisement
तपाईको प्रतिक्रिया