• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘हुस्सु र कुहिरो’ लागेको बेला सुरक्षित ड्राइभिङ गर्ने टिप्सहरु


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • जाडो मौसममा हुस्सुका कारण सवारीसाधनबाट सडक नै नदेखिने अवस्था सृजना हुन्छ । यसरी कुहिरो, हुस्सु वा तुवाँलो लागेर सडकमा भिजिबिलिटी (दृश्य क्षमता) कम भएको अवस्थामा सवारी चलाउनु निकै जोखीमपूर्ण हुन्छ । त्यसैले, सवारीसाधन चलाउनुपर्ने अवस्थामा सावधानीका थुप्रै उपाय अपनाउनुपर्छ । भिजिबिलिटी कम भएको अवस्थामा सुरक्षित ड्राइभिङका लागि सहयोगी केही उपाय यहाँ दिइएको छ :

    Advertisement

    गतिमा ध्यान दिने
    जस्तोसुकै परिस्थिति भए पनि तीव्रगतिमा सवारी हाँक्नु जोखीमपूर्ण हुन्छ । यो जोखीम लो भिजिबिलिटी भएको अवस्थामा झनै बढी हुन्छ । त्यसैले, सर्वप्रथम यस्तो अवस्थामा सवारीको गति नियमानुसार वा सक्दो कम गर्नु आवश्यक छ । यदि सवारीको गति सामान्यभन्दा बढी भएमा विस्तारै कम गर्नुपर्छ । त्यस्तै, यस्तो अवस्थामा सकसम्म लेन परिवर्तन, ओभरटेक वा ट्राफिक क्रशिङ गर्नु हुँदैन । यी कार्य गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

    लो–बिम हेड लाइटको प्रयोग
    लो भिजिबिलिटी भएको अवस्थामा स्पष्ट दृष्टिका लागि अधिकांशले हाई–बिम चलाउने गर्छन् । तर, यसो गर्नु सवारी सुरक्षाका दृष्टिले राम्रो होइन । कुहिरो वा हुस्सुमा हुने शीत वा पानीका कणले हाई–बिम लाइट परावर्तन गरेर चालकतर्फ नै फर्काइदिन्छ । यसले आँखा तिर्मिराएर अगाडिको वस्तु देख्न कठिन हुन्छ । पर्याप्त सङ्केत पाउन नसक्दा विपरीत दिशाबाट आइरहेको सवारीले समेत देख्न मुश्किल पर्छ । त्यसैले, यस्तो बेला सधैं ‘टेल–लाइट्स’ तथा ‘ब्लिङ्कर’को प्रयोग गर्नुपर्छ । यसो हँुदा अर्काे सवारी चालकले सजिलै पहिचान गर्न तथा उपयुक्त दूरी कायम राख्न सक्छन् ।

    फग लाइटको प्रयोग
    अहिले उत्पादित अधिकांश सवारीमा फग लाइटको प्रयोग हुन थालेको छ । सडक सुरक्षालाई विशेष ध्यानमा राखी गाडीमा यसको जडान गरिन थालिएको हो । त्यसैले, आफ्नो सवारीसाधनमा फग लाइटको सुविधा उपलब्ध छ भने त्यसको प्रयोग थप सुरक्षित हुन्छ । तर, सामान्य कारमा यस्तो सुविधा कमै हुने गर्छ । कारमा फग लाइट छैन भने हेड लाइटमा पहेँलो रङको ‘सेलोफेन पेपर’ टाँसेर हाइबिम बाल्दा त्यसले फग लाइटको काम गर्छ । हुस्सु वा बाक्लो कुहिरो लाग्ने मौसममा लामो यात्रा गर्नुपरे यो सुरक्षाका दृष्टिले निकै उपयोगी हुन सक्छ ।

    ध्यान मोड्ने वस्तु प्रयोग नगर्ने
    कम भिजिबिलिटीमा सवारी चलाउँदा मोबाइल, रेडियो वा म्युजिक प्लेयरजस्ता ध्यान आकृष्ट गर्ने साधन बन्द गर्नु राम्रो हुन्छ । साथै, यस्तो मौसममा चालक सिटसँगैको झ्याल खोलेर सवारी चलाउदा ट्राफिक आवाज सजिलै सुनिने हुँदा त्यसबाट दुर्घटनाको सम्भावनासमेत कम हुन्छ ।

    लेन अनुशासन
    सडक लेन अनुशासनको पूर्ण पालना र सडक सङ्केत तथा म्याग्नेटिक ब्लिङ्करको सहयोग लिनु दुर्घटना टार्ने अन्य उपाय हुन् । साथै, अगाडिको र आफ्नो सवारीबीच पनि पर्याप्त दूरी कायम राख्न आवश्यक छ ।

    हीटर चलाउने
    बाहिर हुस्सु लागेको वा चिसो मौसममा गाडीको शिशामा भित्रबाट नदेखिने गरी बाफ लाग्ने गर्छ । त्यसैले, यस्तो बेला हीटर चलाउँदा गाडीको शिशामा बादल लाग्दैन र सफा देखिन्छ ।

    सरसफाइ तथा हेरचाह
    सवारीसाधनको अगाडि तथा साइड झ्यालका शिशा सफा गरेर मात्रै सवारी चलाउनुपर्छ, जसले भिजिबिलिटी बढाउन सघाउ पुग्छ । साथै, लाइट इण्डिकेटर तथा हेडलाइटको पनि उचित जाँच/सफाइ गर्नुपर्छ ।

    हर्नको प्रयोग
    सडकमा हुस्सु लागेको बेला सवारी चलाउँदा थोरै समयको अन्तरालमा हर्न बजाउने गर्नुपर्छ । यसले सडकमा पैदल यात्रु, अन्य चालकलगायतलाई सङ्केतको रूपमा काम गर्छ । त्यस्तै, लेन परिवर्तन गर्नुपर्दा, मोड र क्रशिङमा पनि हर्नको प्रयोग गर्नु सुरक्षित मानिन्छ ।

    भिजिबिलिटी निकै कम भएको अवस्थामा गाडीको ‘इमर्जेन्सी फ्ल्यासर’ र ‘लो–बिम हेडलाइट’ बालेर सडकको छेउबाट वा आफ्नो लेनमा सुरक्षाका सबै उपाय अपनाई विस्तारै सवारी चलाउनुपर्छ ।

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation