• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

‘हुस्सु र कुहिरो’ लागेको बेला सुरक्षित ड्राइभिङ गर्ने टिप्सहरु


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • जाडो मौसममा हुस्सुका कारण सवारीसाधनबाट सडक नै नदेखिने अवस्था सृजना हुन्छ । यसरी कुहिरो, हुस्सु वा तुवाँलो लागेर सडकमा भिजिबिलिटी (दृश्य क्षमता) कम भएको अवस्थामा सवारी चलाउनु निकै जोखीमपूर्ण हुन्छ । त्यसैले, सवारीसाधन चलाउनुपर्ने अवस्थामा सावधानीका थुप्रै उपाय अपनाउनुपर्छ । भिजिबिलिटी कम भएको अवस्थामा सुरक्षित ड्राइभिङका लागि सहयोगी केही उपाय यहाँ दिइएको छ :

    Advertisement

    गतिमा ध्यान दिने
    जस्तोसुकै परिस्थिति भए पनि तीव्रगतिमा सवारी हाँक्नु जोखीमपूर्ण हुन्छ । यो जोखीम लो भिजिबिलिटी भएको अवस्थामा झनै बढी हुन्छ । त्यसैले, सर्वप्रथम यस्तो अवस्थामा सवारीको गति नियमानुसार वा सक्दो कम गर्नु आवश्यक छ । यदि सवारीको गति सामान्यभन्दा बढी भएमा विस्तारै कम गर्नुपर्छ । त्यस्तै, यस्तो अवस्थामा सकसम्म लेन परिवर्तन, ओभरटेक वा ट्राफिक क्रशिङ गर्नु हुँदैन । यी कार्य गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

    लो–बिम हेड लाइटको प्रयोग
    लो भिजिबिलिटी भएको अवस्थामा स्पष्ट दृष्टिका लागि अधिकांशले हाई–बिम चलाउने गर्छन् । तर, यसो गर्नु सवारी सुरक्षाका दृष्टिले राम्रो होइन । कुहिरो वा हुस्सुमा हुने शीत वा पानीका कणले हाई–बिम लाइट परावर्तन गरेर चालकतर्फ नै फर्काइदिन्छ । यसले आँखा तिर्मिराएर अगाडिको वस्तु देख्न कठिन हुन्छ । पर्याप्त सङ्केत पाउन नसक्दा विपरीत दिशाबाट आइरहेको सवारीले समेत देख्न मुश्किल पर्छ । त्यसैले, यस्तो बेला सधैं ‘टेल–लाइट्स’ तथा ‘ब्लिङ्कर’को प्रयोग गर्नुपर्छ । यसो हँुदा अर्काे सवारी चालकले सजिलै पहिचान गर्न तथा उपयुक्त दूरी कायम राख्न सक्छन् ।

    फग लाइटको प्रयोग
    अहिले उत्पादित अधिकांश सवारीमा फग लाइटको प्रयोग हुन थालेको छ । सडक सुरक्षालाई विशेष ध्यानमा राखी गाडीमा यसको जडान गरिन थालिएको हो । त्यसैले, आफ्नो सवारीसाधनमा फग लाइटको सुविधा उपलब्ध छ भने त्यसको प्रयोग थप सुरक्षित हुन्छ । तर, सामान्य कारमा यस्तो सुविधा कमै हुने गर्छ । कारमा फग लाइट छैन भने हेड लाइटमा पहेँलो रङको ‘सेलोफेन पेपर’ टाँसेर हाइबिम बाल्दा त्यसले फग लाइटको काम गर्छ । हुस्सु वा बाक्लो कुहिरो लाग्ने मौसममा लामो यात्रा गर्नुपरे यो सुरक्षाका दृष्टिले निकै उपयोगी हुन सक्छ ।

    ध्यान मोड्ने वस्तु प्रयोग नगर्ने
    कम भिजिबिलिटीमा सवारी चलाउँदा मोबाइल, रेडियो वा म्युजिक प्लेयरजस्ता ध्यान आकृष्ट गर्ने साधन बन्द गर्नु राम्रो हुन्छ । साथै, यस्तो मौसममा चालक सिटसँगैको झ्याल खोलेर सवारी चलाउदा ट्राफिक आवाज सजिलै सुनिने हुँदा त्यसबाट दुर्घटनाको सम्भावनासमेत कम हुन्छ ।

    लेन अनुशासन
    सडक लेन अनुशासनको पूर्ण पालना र सडक सङ्केत तथा म्याग्नेटिक ब्लिङ्करको सहयोग लिनु दुर्घटना टार्ने अन्य उपाय हुन् । साथै, अगाडिको र आफ्नो सवारीबीच पनि पर्याप्त दूरी कायम राख्न आवश्यक छ ।

    हीटर चलाउने
    बाहिर हुस्सु लागेको वा चिसो मौसममा गाडीको शिशामा भित्रबाट नदेखिने गरी बाफ लाग्ने गर्छ । त्यसैले, यस्तो बेला हीटर चलाउँदा गाडीको शिशामा बादल लाग्दैन र सफा देखिन्छ ।

    सरसफाइ तथा हेरचाह
    सवारीसाधनको अगाडि तथा साइड झ्यालका शिशा सफा गरेर मात्रै सवारी चलाउनुपर्छ, जसले भिजिबिलिटी बढाउन सघाउ पुग्छ । साथै, लाइट इण्डिकेटर तथा हेडलाइटको पनि उचित जाँच/सफाइ गर्नुपर्छ ।

    हर्नको प्रयोग
    सडकमा हुस्सु लागेको बेला सवारी चलाउँदा थोरै समयको अन्तरालमा हर्न बजाउने गर्नुपर्छ । यसले सडकमा पैदल यात्रु, अन्य चालकलगायतलाई सङ्केतको रूपमा काम गर्छ । त्यस्तै, लेन परिवर्तन गर्नुपर्दा, मोड र क्रशिङमा पनि हर्नको प्रयोग गर्नु सुरक्षित मानिन्छ ।

    भिजिबिलिटी निकै कम भएको अवस्थामा गाडीको ‘इमर्जेन्सी फ्ल्यासर’ र ‘लो–बिम हेडलाइट’ बालेर सडकको छेउबाट वा आफ्नो लेनमा सुरक्षाका सबै उपाय अपनाई विस्तारै सवारी चलाउनुपर्छ ।

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ३.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ७.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ८.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation