टेकबहादुर शाही÷कार्तिक २९ दुनै,डोल्पा
यहि कार्तिक १९ गते जिप दुर्घटनामा परि मृत्यू भएका १० जनाको शोक मनाइएको छ । डोल्पाको दुनैमा मृतकहरुको ११ औँ दिनको पुण्य तिथिमा उनिहरुप्रति मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पन गरिएको छ ।
नागरिक समाजको अगुवाइमा दुनै बजारको बिरेन्द्रचोकमा मृतक १० जनाको फोटोमा माल्यार्पण गरि मैन बत्ति बालेर सयौ मानिसले भापूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । एक मिनेट मौनधारण गरि र्मतकहरुको आत्मको चिर शान्तीको कामना गरेका छन ।
दुर्घटनामा ब्यपत्ता रहेकी अमिना बुढा मगरको तत्काल बिशेष प्रबिधिको प्रयोग गरेर भएपनि खोजी गर्न नागरिकहरुले जिल्ला प्रशासन डोल्पामा तिन बुदे माग सहित ञापन पत्र पेश गरेका छन ।
अमिना बुढा मगरको आज सम्म पनि शब फेला परेको छैन । परिवार शस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले खोजी गरि रहेको छ । डोल्पाको इतिहाँसमा सबै भन्दा ठुलो मानवीय क्षति भएको घटना भएको भन्दै नगारिकहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन ।
यहि कार्तिक १९ गते दुनैबाट सूँ पानि जादै गरेको भे १ च १६१० नम्बरको जिप कालागौडाको बतासे डाँडामा दुर्घटना हुदा १० जनाको घटना स्थलामा नै मृत्यू भएको थियो । एक जना ब्यपत्ता छिन भने २ जना घाइते रहेका छन ।
घटनाको ५ सदस्यीय छानबिन टोली गठन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जाकारी दिएका छन । क्षेत्रिय ट्राफिक प्रहरीका एसपी जनक पाण्डेले समेत घटनाको छानबिन गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
जिप दुर्घटनमा मृत्यू भएका १० जना प्रति श्रद्धाञ्जली ।
जिप दुर्घटनमा मृत्यू भएका १० जना प्रति श्रद्धाञ्जली ।
Advertisement
तपाईको प्रतिक्रिया