वृक्ष काटिन्छ आफू उसले फल्न छोडे!
Advertisement
बाँच्न दिदैन समाज रङ बदल्न छोडे!
अबको यात्रा काँडामा टेकेर हिड्नुछ,
ज्यान जोखिममा पर्छ चप्पल नछोडे!
मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ,
तिम्रो यादमा तड्पिने अम्मल नछोडे!
बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु,
गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे!
अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्,
बा थला, आमाका पाखुरा चल्न छोडे!
©सन्देश ज्ञवाली
कञ्चन-३ रुपन्देही