• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ६. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • ७. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ८. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ९. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा संचालन


  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
  • दार्चुला । दार्चुलामा विद्यालयको भवन बाढीले बगाउदाँ त्रिपालमुनिबाट कक्षा संचालन  गरिएको छ। आठ कक्षासम्म पढाइ हुने जिल्लाको नौगाड गाउँपालिका- ६ मा रहेको समैजी आधारभूत बिद्यालयले त्रीपाल मुनिबाट कक्षा संचालन गरिरहेको हो। २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

    Advertisement

    ‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम लागेको दिन चौर र पानी परेको दिन त्रिपालमुनि कक्षा संचालन गरेका हौँ’, विद्यालयका शिक्षक दिलीपसिंह ठगुन्नाले भने ।

    गत चैतदेखि बन्द रहेका विद्यालय जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्न पाउने निर्णय गरेअनुसार २२ भदौदेखि भौतिक रूपमा कक्षा संचालन गरिएको उनले बताए । विद्यालय संचालनका लागि चारवटा त्रिपाल टाँगिएको शिक्षक ठगुन्नाले बताए । ‘दुईवटा कोठा बाढीले बगाएको थिएन । त्यसमा कार्यालय र साना कक्षा संचालनमा ल्याएका छौँ । चारदेखि आठसम्मका कक्षा त्रिपालमा पढाइ हुन्छ’, उनले भने ।

    बेलाबेला हुने वर्षाले पढाइ संचालनमा समस्या हुने गरेको छ । त्रिपालमुनि विद्यार्थीहरू राखेर बहुकक्षा शिक्षण गरी पठनपाठन भइरहेको शिक्षक ठगुन्नाले बताए । ‘बाढीले विद्यालयको सबै सम्पत्ति बगायो, गाउँपालिकाले दिएका त्रिपालहरूले कक्षा संचालनमा ल्याएका हौँ’, उनले भने ।

    बाढीले बगाएको विद्यालयको नयाँ भवन निर्माण टेण्डर प्रक्रियामा गइसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए । संघीय सरकारको एक करोड ३७ लाख रुपैयाँ अनुदानमा आठ कोठे भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको र चैतभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य गाउँपालिकाले लिएको उनको भनाइ छ ।

    ‘गाउँपालिकासँग त्यति ठूलो बजेट भएन, प्रदेश सरकारलाई आग्रह गर्दा सहयोग भएन, चालू आर्थिक वर्षमा संघ सरकारबाट अनुदानमा रकम आएको छ’, गाउँपालिका अध्यक्ष धामीले भने ।

    बाढीले जोखिम नभएको नयाँ ठाउँमा विद्यालय भवन निर्माणका लागि गाउँपालिकाले जमिनको व्यवस्था गरिसकेको र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट फिल्ड निर्माण गरिएको उनले बताए ।

    त्रिपाल टाँगेर विद्यालयको बोर्ड राखिएको फोटो सामाजिक संजालमा भाइरल भएपछि धेरैले यसबारे चासो व्यक्त गरिरहेका छन् ।

    मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द
    भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित
    अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही
    मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु
    जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित
    राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    भर्खरै

    • १.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    • २.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ३.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ४.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ७.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ८.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation