युरोकप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं। १६औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सन् २०२० मै हुनुपर्ने तालिका भएपनि कोरोना महामारीका कारण धकेलिएपछि २०२१ मा आयोजना हुन लागेको हो ।फुटबलको मिनी विश्‍वकप समेत मानिने युरोकपको १६औं संस्करण युरोपका विभिन्‍न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो ।

उद्घाटन खेलमा आज राति टर्की र हङ्गेरी खेल्दै छन् । इटालीको रोममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ ।

यसअघि सन् २०१६ मा भएको युरोकप फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो । यसपटक भने पोर्चुगल र फ्रान्स जर्मनीसँगै एकै समूहमा रहेका छन् ।

जुलाई ११ सम्म खेलिने युरोकपको फाइनल खेल लन्डनस्थित वेम्ब्ले स्टेडियममा हुने तालिका छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...