कामना डेली,सुनसरी । सुनसरी प्रहरीले लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–८,भन्टाबारी का ४० वर्षीय शम्भु कविरथ छन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उनको साथबाट ९ दशमलव ५४० ग्राम लागु औषध ‘खैरो हेरोइन’ बरामद गरेको छ ।
प्रहरीका अनुसार लागू औषध सहित उनलाई घरबाटै पक्राउ गरेको हो। उनिमाथी लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालत बाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Advertisement