पाल्पामा भीरबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न –८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय वर्ष ५६ का धने दर्जी रहेका छन् । सोमबार साँझ घर देखि पर गोठमा गाईलाई घाँस दिन जानु भएका दर्जी घर नफर्केपछि परिवार र छिमेकीले खोज तलास गर्दा मंगलबार दिउँसो १२ बजेको समयमा बाटो देखि करिब ६० मिटर तल भीरमा उनको शव भेटिएको थियो ।दर्जीको दाहिने हात भाँचिएको अवस्थामा मृत फेला परेको रैनादेवी छहरा –८ का वडा अध्यक्ष थमान रानाले बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक लक्ष्मण पचभैयाको नेतृत्वमा आएको प्रहरी टोलीले आवश्यक मुचुल्का गरि मृतक दर्जीलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाएको छ ।

प्रहरी चौकी बल्ढेङगढीका इन्चार्ज गोपाल नेटुवाले थप अनुसन्धान कार्य भइरहेको बताए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...