देउखुरीमा ब्याटमिन्टन प्रतियोगिता सुरु

शिव राज खनाल, दाङ । लमही जेसिजको आयोजनामा दाङको देउखुरीमा शुक्रबार देखि २ दिने ब्याटमिन्टन खेल प्रतियोगीता सुरु भएको छ ।

लमही जेसिजका अध्यक्ष दुलम दास चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिको प्रमुख आतिथ्यतामा सुरु भएको खेलमा ४८ वटा समुहमा बिच प्रतिस्पर्धा हुने छ।
प्रथम हुने टिमले ५० हजार रुपैया प्राप्त गर्ने छ भने उपबेजेता टिमले २५ हजार रुपैया हात पर्ने छ ।

खेलकुद स्वास्थका लागि उत्तम रहने भएकाले ” स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ संचालन गरिएको लमही जेसिजका खेलकुद सम्योजक सबिन केसि ले बताए ।

लमही जेसिजका खेलकुद सम्योजक सबिन केसिको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण लमही जिसिजका महासचिब सुन्दर केसि ले गरेका थिए।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.