गोरखा । गोरखा नगरपालिकाले विभिन्न कार्यक्रम गरी पृथ्वीजन्यती मनाउने निर्णय गरेको छ ।
आधुनिक नेपालका निर्माता राष्ट्रिय विभुति पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । ‘पृथ्वीनारायण शाह हामी सबैका गौरब हुन, उनकै कारण आज हामी नेपाली भन्न पाएका छौं,’ उनले भने, ‘उहाँको योगदानको कदर गर्दै पुस २६, २७ र २८ गते तीन विभिन्न कार्यक्रम गरेर उत्सवका साथ पृथ्वीजयन्ती मनाउने हामीले निर्णय गरेका छौं ।’ इतिहास कसैले मारेर नमर्ने भन्दै सबैलाई एकताको सुत्रमा बाध्न पनि या दिवशले महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरेका छन् ।
‘इतिहास कसैले मारेर मर्दैन, यसको त जर्गेना गर्न सकियो भने नै हामीलाई फाइदा हुन्छ,’ उनले भने, ‘गोरखाको सबैभन्दा ठूलो सम्पत्ती नै इतिहास हो, पृथ्वीनारायण शाहको नाम हो, यसको रक्षा स्थानीय सरकारले गर्छनेपाल एकीकरणको इतिहासलाई रक्षा गर्न नेपाली सेनाले थालेको प्रयास सरानिय छ । उक्त कार्यमा सहयोग र सहकार्य गर्न गोरखा नगरपालिका सदैव तयार छ ।’मंगलबार गोरखा नगरपालिकाकाे कार्यालयमा बसेकाे सरोकारवालाहरुको बैठकले पृथ्वीजयन्तीको कार्यक्रम तय गरेको हो । उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, लियो क्लव अफ गोरखा, गोरखा जेसिज, दरौँदी यातायात सेवा प्राली, गोरखा मनकामना यातायात सेवा प्रालि, पत्रकार महासंघ गोरखा लगायत संघ संस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु तय गरिएको छ । दिबसको अवसरमा २६ गते टोल बिकास संस्थाको अगुवाईमा नगर क्षेत्र भित्र सरसफाई गर्ने निर्णय भएको छ । जसकाे संयाेजनकाे जिम्मा गोरखा चेम्बर अफ कमर्सलाई दिइएकाे छ ।
२७ गते बिहान पस्लाङ्ग चाैतारादेखि हरमटारी हुदै गोरखा संग्रहालयकाे परिसरसम्म दौड प्रतियोगिता गर्ने बैठककाे निर्णाय रहेकाे मेयर पन्तले जानकारी दिए । दाैडकाे संयाेजन लियाे क्लब अफ गोरखाले गर्नेछ ।
झाँकी, ¥याली सहित संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी विशेष कार्यक्रम गरिनेछ । कार्यक्रममा मञ्च र ब्यानरकाे ब्यवस्थापनकाे जिम्मा गोरखा उधाेग बाणिज्य संघले गर्नेछ । साथै दिवशका दिन गोरखा नगरक्षेत्रमा सार्वजानिक बिदा समेत दिइएको छ । साे कार्यक्रमका लागि आवस्यक पर्ने यातायातकाे साधनकाे ब्यवस्थापन दराैदी यातायातले गर्ने बताइएकाे छ । त्यस्तै कार्यक्रमका लागि खानेपानीकाे ब्यवस्थापन ट्याक्सी ब्यवसायीले गर्ने निर्णय भएकाे छ ।
साेही दिन नेपा पत्रकार महासंघ गोरखाकाे संयाेजनमा पृथ्वी नारायण शाहकाे शालिक क्षेत्रमा साँझ दिप प्रज्वलन गर्ने बताइएको छ । २८ गते कक्षा ११ र १२ स्तरीय ‘नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तयारी छ । जसकाे संयाेजन शिक्षा शाखाकाे सहकार्यमा गोरखा जेसिजले गर्ने बताइएकाे छ ।