नेकपाको केन्द्रिय कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

यहि कात्तिक १५ गतेदेखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठ एक महिना पछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले जनाएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ ।”

Sharing Now!

You might also like

Comments are closed.