मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

बाँके । बाँकेमा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी ७, थपप्टटलीम भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता सुभाष खड्काले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Sharing Now!

You might also like

Comments are closed.