कामना डेली, प्यूठान। प्यूठानमा बिहिबार थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राप्ती बिज्ञान प्रतिस्ठान दाङमा ११ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ३ जना गरि थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ७ महिना देखि ६८ वर्ष उमेर समूहका चार महिला र १० जना पुरुषमा संक्रमण भएको छ । संक्रमित हुनेमा ऐरावती गाउँपालिका ६, माण्डबि गाउँपालिकाका ५, सरुमारानी गाउँपालिका २ र प्यूठान नगरपालिकाका १ जना छन् ।
योसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ४१ र निको भई घर जानेको संख्या जम्मा ४५९ पुगेको छ।कार्यालयका फोकल पर्सन पुस्कल श्रेष्ठले प्यूठानमा ८० जना सक्रीय संक्रमित रहेको र दुई जनाको यस अघि नै मृत्यु भईसकेको बताउनुभयो। अब ४१ जनाको पीसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Prev Post
Next Post
You might also like
Comments are closed.