क्रिकेट खेलको विकास गर्न समर्थक समाज प्यूठानको आग्रह

प्यूठान। नेपाली क्रिकेट सर्मथक समाज प्यूठान शाखाले क्रिकेट खेलको विकासमा ध्यान दिन स्थानिय जनप्रतिनिधिसँग माग गरेका छन् ।

शनिवार समाजका पदाधिकारी र जनप्रतिनिधिहरुले प्रस्तावित लालिगुरास रंगशाला दिहाल्नाचौरको संयुक्त अवलोकन गरेका छन् ।
पछिल्लो समय क्रिकेटप्रति युवाहरुको चासो र रुचि वढ्दै गएकोले खेलको विकास गर्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइएको समाजका अध्यक्ष रिखिराम जि सीले जानकारी दिनुभयो । खेल क्षेत्रको विकासका लागि सहयोग गर्ने झिमरुक गाउँपालिका ८ का वडा अध्यक्ष तुलस वस्नेतले बताउनुभयो ।स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग र खेल क्षेत्रसँग सम्वन्धीत संघसंस्थाहरुको संयुक्त पहलमा खेलकुद विकास गर्नुपर्ने वनाउ मदन भण्डारी स्पोर्टस् एकेडेमी प्यूठान प्रतिनिधि मदन मगरले वताउनुभयो ।
खेलकुदको विकासका लागि दिहाल्नाचौर उपयुक्त बन्न सक्ने भएकाले यसलाई रंगशालाको रुपमा विकास गर्नुपर्ने सहभागी खेलकुद समर्थकहरुले बताएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.