कपिलवस्तुमा सबै प्रकारको आवागमन ठप्प

कपिलवस्तु। सीमा क्षेत्रमा चोर बाटो हुँदै आवतजावत बढेपछि सशस्त्रले कपिलवस्तुमा सबै आवागमन ठप्प पारेको छ।कपिलवस्तुको भारतसँग सीमा जोडिएको ९३ किमी सशस्त्रले सील गरेको छ ।कपिलवस्तुको बिभिन्न स्थानमा पाल र टेण्ट टाँगेर ३५ अस्थायी पोष्ट खडा गरिएको सुरक्षा व्यवस्था बढाइएको हो । ६० देखि ६५ खुला ठाउँमा डियुटी खटाइएको छ ।शसस्त्र प्रहरीका लागि त्यही ड्यूटी स्थलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । १ सय ५० थप जनशक्ति परिचालन गरिएको छ । उनीहरुलाई सीमा रहेको स्थायी संरचना ६ विओपी र एक भन्सार राजस्व गुल्मबाट परिचालन गरिसकिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.