भैरहवाको क्वारेन्टाइन भ्रमणमा आए भारतीय सांसद

बुटवल। नेपालको क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् ।भैरहवामा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आएका हुन् । त्रिपाठीले भारतीय नागरिकहरुलाई सम्बोधन गर्दै नेपालले आफ्ना नागरिकलाई स–सम्मान र व्यवस्थित क्वारेन्टाइनमा राखेको भन्दै खुसी व्यक्त गरे ।भारत नौतनवाको क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीलाई पनि आफूहरुले त्यसै गरी राखेको उनको भनाइ थियो । भैरहवाको प्रतिमान–नीमा कलेजमा गत १८ चैतेदेखि १ सय ५४ जना भारतीय नागरिक क्वारेन्टाइनमा बसेका छन् ।प्रदेश–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले भारतीयलाई राखिएको क्वारेन्टाइनको रेखदेख गर्दै आएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.