दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

दैलेख । दैलेखमा शुक्रबार राति जीप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेख जिल्ला सदरमुकामबाट उम गाउँ तर्फ जाँदै गरेको भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा दुर्घट्नामा परेको प्रहरीले जनाएको छ ।दुर्घट्नामा परी मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पुर्‍याइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै दुर्घटनालगत्तै फरार भएकोले चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.