सवारी जामले बिरामीको बाटोमै ज्यान गयो,सयौं यात्रु अलपत्र

काठमाडाैं । नागढुंगा–नौबिसे सडकखण्डको अत्यास लाग्दो जामले बिरामीको बाटोमै ज्यान गएको छ। जाममा परेको गाडीमा सवार एक जना यात्रुको ज्यान गएको प्रहरीले बताएको छ ।जनकपुरबाट काठमाडाैंका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएकाे हाे । गाडीमा रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा खुल्न बाँकी छ ।अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ । दशै ढिप्किनै लाग्दा नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित भएको छ।अहिले कैयौँ किलोमिटरको जाम परेको छ।यात्रुहरु विच बाटोमा अलपत्र परेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.