जंगली च्याउ खाँदा पाल्पामा पाच जना बिरामी

पाल्पा। पाल्पाको रामपुर नगरपालिका ४ खप्टारमा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा स्थानिय ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेका छ्न।अहिल उनीहरुको बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ । बिरामीमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । चिकित्सकले बताए अनुसार उनीहरुको अवस्था खतरामुक्त छ। २ जनाको भने अवस्था सामान्य छ ।घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए । शुरुमा बिरामी भएकालाई प्रवासमा उपचार गर्न ल्याएको थियो त्यहाँ उपचार नभएपछि बुटवल ल्याएको हो ।

Sharing Now!

You might also like

Comments are closed.