दशैँका लागि खुल्यो बस टिकट,काउन्टरमा बढ्यो चहलपहल

काठमाडाैं । दसैंका लागि आज देखि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।दशैँका लागि काठमाडाैं उपत्यकाबाट घर जान आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।आइतबार १० बजेपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उनले बताए । टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासी भीडभाड बढ्न थालेको छ। टिकट काउन्टरका कर्मचारीको व्यस्तता समेत ह्वात्तै बढेको छ ।दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ ।

Sharing Now!

You might also like

Comments are closed.