• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै


  •   सोमबार, जेठ २७, २०८२ मा प्रकाशित
  • गुल्मी । तीन वर्षअघि आर्थिक संकटकाल घोषणा गर्न बाध्य भएको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले उल्लेखनीय प्रगति गर्दै पुनः स्थायीतर्फ कदम चालेको छ । विगतमा बन्द हुने अवस्थामा पुगेको यो क्याम्पसले पछिल्लो तीन आर्थिक वर्षमा उल्लेख्य सुधार गरेको छ ।
        क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले पत्रकार सम्मेलनमार्फत क्याम्पसको प्रगतिको जानकारी दिँदै विद्यार्थी संख्या र आर्थिक व्यवस्थापन दुबैमा सुधार आएको बताउनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरूमा क्याम्पसको आम्दानी भन्दा दोब्बर तलब खर्च हुँदै आएको थियो ।
       जसका कारण प्रत्येक वर्ष झन्डै डेढ करोड रुपैयाँभन्दा बढी ऋण थपिन थालेको थियो । शिक्षक र कर्मचारी कटौती तथा खर्च नियन्त्रणका उपायमार्फत सुधारको बाटो लिइएको अध्यक्ष  भलामीले जानकारी दिनुभयो।
        यसो हुनुमा क्याम्पसका विभिन्न खर्चहरू उच्च थिए । जसलाई नियन्त्रण गर्ने प्रयास क्याम्पसले तीव्र्र रुपमा सुरु गरेको थियो ।
        प्रारम्भिक सुधार प्रक्रियामा ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकाश दिइएको थियो । विश्वविद्यालयको नियम अनुसार १० जना भन्दा कम विद्यार्थी भएका कक्षा सञ्चालन गर्न नपाइने भएकाले यस्तो निर्णय लिइएको थियो ।
      यसैसँगै, क्याम्पसले आफ्ना प्रशासनिक र अन्य खर्चहरूमा कटौती गर्न सुरु गर्यो । यस निर्णयपछि, क्याम्पसले आफ्नो वित्तीय स्थिति सुधार्न थालेको सञ्चालक समिति अध्यक्ष भलामीको भनाइ छ। क्याम्पसले खर्च कटौतीका साथसाथै आम्दानी बढाउने उपायहरू पनि अपनाइरहेको क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायले बताउनुभयो। यस प्रयासले क्याम्पसलाई आर्थिक रुपले सुदृढ बनाउने दिशामा अघि बढाएको छ । अहिले क्याम्पसले प्रशासनिक खर्च कटाएर आम्दानी गर्न समेत थालेको बताइएको छ । शैक्षिक सत्र २०७९/०८० मा क्याम्पसमा ७४९ जना विद्यार्थी अध्ययनरत थिए भने २०८०/०८१ मा ७१९ र २०८१/०८२ मा संख्या पुनः बढेर ७३१ पुगेको छ ।
       स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालन भइरहेको यस क्याम्पसमा हाल विद्यार्थीको आकर्षण पुनः बढ्न थालेको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । क्याम्पसमा विद्यार्थीहरूको संख्या बढ्नु र क्याम्पसको आर्थिक अवस्था सुधारिनुले क्याम्पसका सञ्चालकहरूमा उत्साहको लहर पैदा गरेको छ । वि.सं. २०३९ सालमा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पस ४३ वर्षदेखि उच्च शिक्षाको सेवा दिँदै आएको छ । ७ वटा सुविधा सम्पन्न भवन र ६५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसले आर्थिक रूपमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ ।
       जसले क्याम्पसलाई शैक्षिक र भौतिक दृष्टिले अझ बलियो बनाएको छ । क्याम्पसले आफ्नो समृद्ध भविष्य र शैक्षिक प्रगतिको यात्रा जारी राख्ने सञ्चालक समिति अध्यक्ष भलामीले बताउनुभयो ।
       ग्रामीण क्षेत्रका क्याम्पसहरूमा विद्यार्थी घट्दै गएकै बेला रेसुङ्गा क्याम्पसको पुनरुत्थानले शिक्षा क्षेत्रको लागि सकारात्मक संकेत पैदा गरको छ । हाल क्याम्पसमा १५ जना पूर्णकालीन, १० जना आंशिक प्राध्यापक गरी २५ जना प्राध्यापकहरु र ७ जना कर्मचारीहरु कार्यरत छन् ।

    Advertisement

    सोमबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...