• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्यूठान नगरमा परीक्षाको नजिक खेलकुद: विद्यार्थीको शैक्षिक तयारीमा अवरोध


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठान नगरपालिकाले परीक्षाको सम्मुखमा नगर कप क्रिकेट प्रतियोगिता आयोजना गरेको छ। फागुन १९ देखि २२ गतेसम्म आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूको परीक्षा तयारीमा असर पर्ने चिन्ता गरिएको छ। कक्षा ११ तथा १२ को परीक्षा यहि फागुन २५ गतेबाट सुरु हुँदै छ भने एस.इ.इ. र कक्षा ५, ८ को वार्षिक परीक्षा चैत्र ७ गतेबाट सुरु हुँदैछन्। त्यही समयको नजिक खेलकुदको आयोजना गर्दा विद्यार्थीहरूको ध्यान बाँडिन सक्ने र शैक्षिक तयारीमा समेत अवरोध पुग्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन।
    नजिकिँदो परीक्षालाई प्रभावित पार्ने गरि खेलकुद आयोजना गरिएको उल्लेख गर्दै पत्रकार बिजय सिंह भारतीले फेसबुकमा लेखेका छन्, “चैत्र ७ गतेदेखी एस.इ.इ. २०८१ परीक्षासँगै प्यूठान नगरपालिकाले कक्षा ५, ८, ११ र १२ को वार्षिक परीक्षा संचालन गर्दैछ। अन्य कक्षाको बार्षिक परीक्षा फागुन २८ बाट संचालन गर्ने चर्चा छ। नजिकिँदो परीक्षालाई प्रभावित पार्ने गरि यो खेलकुद किन आयोजना गरिएको होला? थाहा हुनेले स्पष्ट पारिदिनु होला भन्दै जवाफ खोजेका छन्।
    परीक्षाको तयारीका लागि विद्यार्थीलाई समय र ध्यानको आवश्यकता पर्छ। परीक्षाको नजिकै खेलकुदका कार्यक्रमहरू आयोजना हुँदा शैक्षिक वातावरणमा बाधा पुर्याउने मुक्ति मावि रातामाटाका प्रधानाध्यापक दामोदर बिष्टले बताए। ‘हामीसँग छलफल गरेर राखिएको होइन।’ बिष्टले भने, ‘नगरपलिका आफ्नै ढंगले चल्दै आएको छ।’ यस निर्णयले विद्यार्थीहरूको अध्ययनमा अवरोध ल्याउन सक्ने उनले आशंका गरे। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अभ्यास सरुमारानी गाउँपालिकाबाट सिक्न जरुरी रहेको उनले औंल्याए। सरुमारानीले दशैं तथा तिहार बिदाको बीचमा प्रतियोगिता संचालन गरेको थियो।
    नगरपालिकाले स्थानीय खेलकुदलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरेको भए पनि, परीक्षा नजिक आइरहेको बेला यसले शैक्षिक तयारीमा नकारात्मक प्रभाव पार्न सक्ने जनता मावि बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले चिन्ता व्यक्त गरे।
    उता प्यूठान नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठले प्रतियोगिताले विद्यार्थीलाई असर नपुर्याउने जिकिर गरे। ‘खुल्ला प्रतियोगिता हो यसमा विद्यालय जोडिँदैन।’ श्रेष्ठले भने, ‘नगरको नियमित खेलकुद कार्यक्रम भित्र प्रतियोगिता संचालन हुँदैछ।’
    यसैबीच, जनसहयोगी मा.बि. गौमुखी गाउँपालिका-५ खुङ्गको निर्णय अनुसार, लामो बिदा हुने समयमा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ।

    Advertisement

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation