• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

प्यूठानमा मसाललाई अस्तित्व जोगाउन सकस


  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
  • प्यूठान– नेकपा मसाल र मोहनविक्रम सिंहलाई कतिपयले एकअर्काका पर्यायका रूपमा हेर्ने गरेका छन्। हुन पनि ३८ वर्षअघि सिंहकै नेतृत्वमा गठन भएको नेकपा मसालमा अहिले पनि महामन्त्री उनै छन्।

    Advertisement

    कम्युनिस्ट पार्टीका संस्थापक नेता सिंहको गृहजिल्लासमेत रहेको प्यूठानमा कुनै बेला मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आधारक्षेत्र थियो। लामो समय आफ्नो दलको र २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको नेतृत्व गरेका सिंहले आफ्नो गृह जिल्लालाई मसालको ‘गढ’ बनाएका थिए।

    यही सांगठनिक आधारको जगमा ३० वर्ष रजगज गरेको जनमोर्चा प्यूठानमा पछिल्लो समय कमजोर बन्दै गएको छ। पार्टीभित्रको टुटफुटपछि नेता–कार्यकर्ताहरुले पार्टी छाडेर गएपछि जिल्लामा पार्टीको साख जोगाउन मसाललाई सकस छ।

    स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा यहाँबाट १८ हजार मत पाएको जनमोर्चाले हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ १० हजार मत पनि कटाउन सकेन।

    परम्परागत रूपमा नै मसालको उल्लेख्य राजनीतिक प्रभाव रहेको प्यूठानमा पछिल्ला निर्वाचनहरूमा उक्त दलले भोग्दै गएको नराम्रो पराजयलाई कतिपयले त्यहाँ मसालको किल्ला भत्किएको र सिंहको राजनीतिक विरासत समाप्त भएको टिप्पणी गर्न थालेका छन्।

    मसालले आफ्नो आधार इलाका मान्ने प्यूठानमा उसको संगठन कमजोर हुने स्थिति किन आयो?
    प्यूठानका वामपन्थी नेता ईमानसिंह भारतीको दृष्टिमा पार्टीको नीतिमा समय सापेक्ष परिवर्तन ल्याउन नसक्दा कमजोर बन्दै गएको हो। ‘०४८ को चुनाव बहिस्कार र ०४९ मा उपयोगको रणनीति मसालका लागि घातक सावित भयो,’ उनले भने, ‘त्यसबेला आमचुनाव बहिस्कार नगरेको भए मसालको हैसियत अहिलेका मूलधारको पार्टीको भन्दा कमजोर हुने थिएन।’

    मसालले कहिले संसदीय निर्वाचन बहिष्कार गर्छ, कहिले परिस्थितिअनुसार भन्दै सहभागी हुन्छ। मूल पार्टी अर्धभूमिगत छ। तर, जनमोर्चाका नाममा नेताहरू चुनावमा सहभागी हुने कुरालाई विश्लेषकहरू विरोधाभास भन्छन्।

    प्यूठानमा जनमोर्चाको पराजयका पछाडि यतिबेला अनेक विश्लेषण भइरहेका छन्। धेरैले पार्टी विभाजन र परिवारवाद ‘फ्याक्टर’लाई मुख्य कारण मानेका छन्। नेता भारती मसालले नयाँ नेतृत्व विकास गर्न नसक्दा पार्टिमा असन्तुष्टि पैदा भएको बताउँछन्।

    ‘मोहनविक्रमपछि पार्टीको नेतृत्वमा को भन्ने नै छैन, अर्को पार्टीमा तेस्रो पुस्ता नेतृत्वमा आइसक्दा सिंहको पार्टीमा पहिलो पुस्ता नै हावी छ,’ उनले भने, ‘सिंहले अब पनि नयाँ किसिमले सोच्नुभएन भने पार्टीको अस्तित्व जोगाउनै गाह्रो देख्छु।’

    २०४८ को निर्वाचन बहिष्कार गरेको मसालले ०५१ र ५६ मा एमालेसँगको तालमेलमा चुनाव जितेको थियो। त्यस्तै, ०४९ र ५४ का स्थानीय निकाय निर्वाचनमा समेत गाविसदेखि जिविसमा चुनावी तालमेल गरेर जनमोर्चाले नेतृत्व जित्दै आएको थियो।

    २०६४ को चुनाव माओवादीले जितेको प्यूठानमा २०७० को संविधानसभा चुनावमा एमालेले विजयको झण्डा फहरायो। ०७४ मा समेत वामगठबन्धनको सहयोगमा महामन्त्री सिंहकी पत्नी दुर्गा पौडेलले चुनाव जितिन्।

    एमालेसँगको तालमेलमा जनमोर्चाका तर्फबाट ०५१ र ५६ मा निर्वाचित नवराज सुवेदी, स्थानीय निर्वाचन ०४९ मा जितेका जिविस सभापति कर्णध्वज केसी, उपसभापति रमेशप्रसाद राजभण्डारीले पनि पार्टी छोडे। पहिलो स्थानीय निर्वाचनमा २२ गाविसमा जनमोर्चा र १० गाविसमा एमालेले जितेका थिए।

    ५४ को स्थानीय निकायमा भने जनमोर्चा १९ गाविसमा खस्कियो भयो भने एमालेले १७ गाविस जित्यो। पहिले जनमोर्चाको जनमत अधिक रहेका ढुंगेगढी, बांगेसाल, खैरा, रम्दी, दाखाक्वाडी, दाङवाङ, माझकोट, बिजुवार, बाँदीकोट, मरन्ठाना गाविसमा अहिले कमजोर भएको स्वयं नेताहरु स्वीकार्छन्।

    त्यतिमात्र होइन भर्खर सम्पन्न निर्वाचनमा जिल्लाका ६४ वडामध्ये आधाआधी वडामा त उस्ले एक सय मतसमेत कटाउन सकेन। नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने पहिलेको तुलनामा जनमत घटेको स्वीकार्छन्। ‘जनमतको आधारमा मात्रै पार्टीलाई हेर्ने र सकियो भन्ने धारणा सही होइन,’ उनी भन्छन्, ‘क्रान्तिकारी आन्दोलनको जगेर्ना र परिवर्तनको लागि जनमोर्चाको विकल्प छैन।’

    अहिलेको पार्टीको पुरानो आधार जोगाउन मसालका महामन्त्री सिंहले कहिले को–सँग कहिले को–सँग गठबन्धन गरेर यहाँ उम्मेदवार बनाइरहेका छन्। ०७४ सालमा नेकपा एमाले, माओवादीसँग गठबन्धन गरेर देशभरमा एक सिट जितेर पार्टीको बीउ जोगाएका उनी अहिले कांग्रेस, माओवादी, नेकपा एस, लोसपासँग गठबन्धन गरेर पुरानो क्षेत्रलाई जोगाउन प्रयासरत रहे तर सफल हुन सकेनन्। नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सूर्य थापाले यसपाली सिंहकी पत्नी दुर्गा पौडेललाई पराजित गरेर मसालको हेडक्वार्टरमै धक्का पुर्‍याएका छन्।

    सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation