प्यूठान । प्यूठानका २ वटा बिद्यालय नमुना बिद्यालयको रुपमा छनौट हुन सफल भएका छन् ।
नमुना विद्यालय हुनेहरुमा जिल्लाको माण्डबी गाउँपालिका ३ स्थित माण्डवी माध्यमिक विद्यालय र स्वर्गद्वारी नगरपालिकामा रहेको अमर माध्यमिक विद्यालय रहेका छन। शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले नमुनाको रुपमा विकास गर्न देशभरका सय वटा विद्यालयलाई छनोट गरेको छ। त्यसमध्ये प्यूठानका २ बिद्यालय छनौटमा पर्न सफल भएका हुन् ।
विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको केन्द्रले बताएको छ।
Advertisement