रुपन्देही। रुपन्देहीमा निर्माणाधीन पुल भत्किएको छ। सियारी र मायादेवी गाउँपालिका जोडिने पुल ढलान भएको १३ दिनमा शनिबार साँझ भत्किएको हो । जिल्लाको सियारी गाउँपालिकास्थित दानव नदीमाथि बन्दै गरेको पुल भत्किएको खबर छ ।
Advertisement
प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल नदीमा आएको बाढीले खल्बल्याउँदा भत्किएको बताइएको छ । पुल भत्किंदा फिल्डमै रहेका इन्जिनियरसहित तीन जना घाइते भएका छन् । सबइन्जिनियर महेश्वर लम्साल, मुम पल्ली घाइते भएका छन् । ८ करोड ५० लाख रुपैयाँ लागतमा बन्दै गरेको पुल ३० मिटर लामो र ११ मिटर चौडाइको छ । यो पुल बैशाख १५ गतेभित्रै सक्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण काम हुन नसक्दा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणमा कमजोरी भएकाले नभइ खोलामा बाढी आएकाले भत्किएको निर्माण कम्पनीले जनाएको छ ।