राजेश जिसी,प्यूठान। प्यूठानको सरुमारानी गाउँपालिका–२ ददेरीका धनबहादुर कुमालले वैदेशिक रोजगारीमा चार वर्ष बिताए। खाँडिमा उनले सोचे जस्तो आम्दानी गर्न सकेन्न। नेपाल फर्किए। अनि सुरु गरे घाँस खेती। घाँस खेती गरे देखि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन उनलाई ।अहिले उनको बारीमा पुग्ने जोकोहीको पनि हरियो घाँसले मन लोभ्याउँछ । उन्नत जातको घासखेती गरेर जिल्लामै उदारणीय किसान बनेका छ्न उनी। पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मान्यतालाई उनले चिरिदिएका छन् । उनले दश बर्स देखि घाँसखेती गरिरहेका छन् । घाँसले राम्रो आम्दानी पनि दिएको छ। कुमाल खुसी छ्न । बाँझो बारीमा परम्परागत रूपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँस खेतीमा लागेको उनी बताउँछन् । खाद्यान्नको खेती गर्दा ६ महीना पनि खान नपुग्ने भएपछि घाँस खेतीतर्फ लागेका उनले परिवार पाल्नेबाहेक केही रकम बचत समेत गरेका छन् । उनले २०६४ सालमा तनहुँबाट घाँसका बेर्ना र बिउ ल्याएर खेती शुरू गरेका हुन् । अन्न उत्पादन नहुने बारीमा उनले उन्नत जातका डाले तथा भुइँ घाँस लगाएका छन् । उनले घाँसका साथै बेर्ना पनि विक्री गर्न थालेका छन् । उनले अहिले सिडलेस, किम्बु, बदाम, सुम्वासेटेरीम, पाचपलेम, नेपिए र मलाटो जातका घाँस लगाएका छन् । शुरूमा १ लाख रुपैयाँ लगानीबाट एक रोपनी क्षेत्रफलमा खेती शुरू गरेको उनले बताए । घाँस विक्रीका लागि समस्या नभएको कुमालले बताए । उनका अनुसार घाँस किन्न ग्राहक घरमै आउने गरेका छन् । उनले उत्पादन गरेका घाँसका बेर्ना तथा घाँस किन्न प्यूठानका विभिन्न ठाउँ र छिमेकी जिल्ला दाङ, अर्घाखाँची, रोल्पा, रूकुम र सुर्खेतबाट समेत आउने गरेको उनी बताउँछन् । घाँस खेतीबाट राम्रो आम्दानी गर्दै आएका कुमालले गाउँका केही स्थानीय युवालाई रोजगारी पनि दिएका छन् । घाँस खेतीका लागि साबिकको जिल्ला पशु सेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बिउ कार्यक्रममार्फत उनले घाँसको बिउ पाएका थिए भने भने सिँचाइका लागि पशु सेवा केन्द्र दाङले पक्की पोखरी निर्माण गरिदिएको थियो ।
गरे के हुँदैन ? घाँसबाटै लखपती।
गरे के हुँदैन ? घाँसबाटै लखपती।
Advertisement
तपाईको प्रतिक्रिया