टेकबहादुर पुन,देउखुरी । बर्षातको समय । बोटबिरुवाको नया पालुवाले बन त्यसैपनि अाकर्षक छ अचेल । चराहरूको अनेक थरि अावाज सँगै कलकल बग्ने राजपुरको कठबेरुवा झरना अझ रमणिय छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ मटेरिया मेन रोडदेखि करिब ३ किलोमिटर दक्षिण अबस्थित छ कठबेरुवा झरणा । माथि पहाड बाट कललल बगेर खेल्दै अाउने झरणा सबैलाइ उत्तिकै रमणिय लाग्छ । पछिल्लो समय पर्यटकको मनपनि खिचेको छ । जुन प्रचार प्रसारको अभाबमा अोझेलमा परेको स्थानियले गुणासो गरे । उक्तक्षत्र लाई पर्यटन क्षत्रको रुपमा बिकाश गर्न सके समग्र राजपुरको बिकाश हुने राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु बुढाले बताए । उनले उक्त क्षत्रलाई पिकनिक क्षत्रको रुपमा बिकाश गर्न विभिन्न छलफल गर्ने जानकारी दिए । “झरणाको प्रसार प्रसारको कमि छ, यसले गर्दा कतिपय पर्यटकलाई यसको बारेमा जानकारी छैन अध्यक्ष बुढाले भने यसको बिकाशका निम्ति जोडतोडले लागिएको छ ।”जुन ठाउँ बनभोजको लागि प्रसिद्द मानिन्छ । एकान्त जँगल, पहाडको फेदमा अबस्थित उक्त कठबेरुवा झरणामा बनभोज सँगै घुम्न र नुहाउन पाउँदा पर्यटक हर्षित हुन्छन ।
त्यहाँ बर्सेनि ५/६ हजारको सँख्यामा पर्यटकहरू रमाउन अाउने स्थानिय मदन डिसिले जानकारी दिए । पछिल्लो समय राजपुर गाउँपालिका र वडा कार्यालयको सहकार्यमा कठबेरुवा झरणा वरिपरि पिकनिक स्पर्ट निर्माणको लागि योजना अघि सारेका छन् । पिकनिकमा अाउने पर्यटकको सहजताका लागि राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयले १ लाख खर्च गरि टहरा निर्माण गरेको छ ।पहाडबाट झरेको पानिलाई त्यहाँ अासपासका करिब ८ सय घरधुरीले सिचाईका लागि प्रयोग गर्छन् । प्रकृतिको उपहारलाई त्यसै खेर जान नदिन स्थानियको सक्रियतामा पहिले नाला खन्दै सिचाईका लागि सदुपयोग गरिएको थियो । तर अहिले पक्कि नाला हुँदै पानी सलल बग्ने गर्छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्गखोलाका ३ सय ८० घरधुरी, कठ्बेरुवाका ४ सय र मटेरियाका करिब ६० घरधुरीले उक्त झरणाको पानिलाई सिचाईको लागि प्रयोग गर्छन् । त्यहाँका प्राय स्थानिय कृषिमा अात्मनिर्भर छन् । सिचाईका लागि बोरिङ्गको अभाबले स्थानियले त्यही झरनालाई सिचाईको लागि सदुपयोग गरेका हुन ।अार्थिक बर्ष २०७३/७४ मा राजपुर गाउँपालिकाले ८ लाख खर्च गरेर पानी बग्ने स्थानमा पक्कि नाला निर्माण गरेको छ । माथि पहाडबाट निर्माण कार्य सुरु गरिएको पक्किनालाले ३ गाउँका मुख्य स्थान छोएको छ । नालाको वरिपरि रेलिङ्ग धसिएको छ जसले गर्दा नाला सँगै झरणाको सौन्दर्य बृद्दि गरेको छ । त्यही नालाबाट कृषक हरुले सिचाई गरि पानिको गतिलो सदुपयोग गरेका छन् ।
चैत बैशाखको सुख्खा समयमा पनि पानिको बहाब उत्तिकै हुन्छ, जुन अहिले छ । पानिको बहाबमा कहिल्यै घटिबढि नहुने स्थानिय सचिन्द्र यादबले बताए ।
ओझेलमा राजपुरको कठबेरुवा झरना
ओझेलमा राजपुरको कठबेरुवा झरना
Advertisement
तपाईको प्रतिक्रिया