• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्रदेश ५ का प्राय: जिल्ला बन्दले प्रभावीत :कहा के के भयो?


  •   बिहिबार, फागुन ३०, २०७५ मा प्रकाशित
  • कामना डेली,बुट्वल।सरकारले ‘विप्लव’समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देश भर सुरक्षा सतर्कता बढाइएको छ। यद्दपी नेत्रविक्रम चन्द विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देश भर देखिएको छ। आफ्ना नेता/कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरिएकाे बताईएको छ। बन्दका कारण मुलुकको जनजीवन प्रभावित बनेकाे हो। बिहानैबाट सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। सार्वजनिक यातायातका साधन नचल्दा देशभरिको जनजीवन प्रभावित भएको छ । स्कुल, कलेज र बजार समेत बन्द रहेका छन्।विप्लवका कार्यकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगायतका जिल्लामा ट्रक, बस र ट्याक्टरमा समेत आगजनी गरेका छन।त्यसैगरी देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु पनि भेटिएका छन् ।
    प्रदेश ५ मा बन्दले जनजीवन प्रभावीत भएको छ।प्रदेश ५ मा अन्यको तुलनामा विप्लवको गतिविधि भएको क्षेत्रका रुपमा चिनिन्छ। विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् । यस्तै अन्य जिल्लाहरुमा पनि प्रहरीले लामाे दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएकाे सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।

    Advertisement

    बुटवलमा सुतली बम डिस्पोज

    बुट्वलमा भेटिएको शंकास्पद वस्तु सुतली बम,सुरक्षाकर्मीद्धारा डिस्पोज।

    रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।
    टोलीले बिहीबार बिहान करिब साढे नौ बजे डिस्पोज गरेको हो । सेनाले डिस्पोज गरेको वस्तु सामान्य बम रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीबहादुर मल्लले जानकारी दिए । उनका अनुसार बन्दको प्रभाव देखाउन र नागरिकमा त्रास फैलाउन सामान्य सुतली बम राखिएको जानकारी दिए ।
    रुपन्देही क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।

    दाङको एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु फेला:

    तुलसीपुर उपमहानगरपालिका-५ बिपि चाेक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएकाे छ। साे वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीकाे टाेलिले नियन्त्रणमा लिएकाे छ।

    शंकास्पद वस्तु भेटिएपछि तुलसीपुरकाे जनजिवन सशंकित बनेकाे छ।

    जिल्ला बाहिरबाट आज बिहान रुपन्देही र दाङ आएका गाडीलाई भने प्रहरीले स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ।

    प्युठानमा संस्कास्पद बस्तु फेला
    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ ।

    माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरी प्रमुख वुढाथोकीले जानकारी दिए ।

    प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा उक्त संकास्पद बस्तु भेट्टाएको थियो । जसलाई नेपाली सेनाको समुहको बम डिस्पोजल टोलीले निस्पोज पारेको बुढाथोकीले जानकारी दिए । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । प्युठान समाचारदाता राम बहादुर बिश्वकर्माका अनुसार प्युठानमा बन्दको प्रभाव परेको छ। प्युठानमा फेला परेका शंकास्पद बस्तु सर्वसाधारणलाई त्रसित पार्न राखिएको हो प्रहरीले बताएको छ। ।
    यसैबीच विप्लवको गतिविधिलाई मध्यनजर गर्दैे जिल्लाको सुरक्षा व्यवस्था कडा वनाइएको प्रहरीको भनाई रहेको छ

    नेपाल बन्दलाई लक्षित गरि प्युठान प्रहरीले सुरक्षा सर्तकता वढाएको छ । बन्दलाई सफल पार्न विपल्प समुहले संकास्पद बस्तु तथा बम राख्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाईएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताए ।

    जिल्ला अदालत अगाडि शंकास्पद बस्तु
    यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

    बाँकेमा नेपाली सेनाद्वारा बम निष्क्रिय
    नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ।
    बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो।
    बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनालाई जानकारी गराएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
    कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए।
    बम राखेको हल्लाले विभिन्न स्थानमा जानका लागि विमानस्थल पुगेका यात्रु, राँझा चोकलगायत आसपासका क्षेत्रमा त्रास फैलिएको थियो।
    बन्दका कारण बाँकेमा शिक्षण संस्था बन्द रहेका छन् भने लामो दूरीका सवारीसाधन चलेका छैनन्।
    नेपालगञ्जमा छोटो दूरीका सवारीसाधन र पसल व्यवसाय आंशिकरुपमा खुलेका छन्।
    सरकारले दुई दिनअघि घोषितरुपमै विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि बम विष्फोटका घटनामा वृद्धि भइरहेका छन्।

    बिहिबार, फागुन ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...