• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

खानेपानी पर्खदै चुजाँबासी, दुई सय ७० परिवारको एउटै धारो


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा जसरी त्यहि मुलवाट आमाको हात समाउदै पानि बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात समाएर पानि लिन पुग्नुहुन्छ ।
    मल्लरानि गाँउपालीका वर्डा नं २ (साविकको चुँजा गाविस वर्डा नं ८ र ९) का स्थानियले अहिलेपनि खानेपानिका लागि सास्ति खेपिरहेका छन्। वुढो भईयो तर खानेपानिको समस्या समाधान भएन। थुप्रै नेता आएर भाषण गरे तर कसैले केहि गरेनन्। स्थानिय निर्वाचन सम्पन्न भएपछी स्थानिय सरकारले समेत आफुहरुको समस्या नहेरेको उहाँको गुनासो छ।
    उक्त गाँउका २ सय ७० घरपरिवारले अहिलेपनि एक घण्टाको वाटोमा पानि वोकेर खान्छन्। घर घरमा स्वच्छ पानि पु¥याउने निति भएपनि चुजाँका स्थानियका लागि उक्त नीति एकादेशको कथाजस्तै भएको छ। सौचालय जाने वेलामा पानि हुदैन। घण्टौँ कुरेर पानि भर्नुपर्छ ४९ वर्षिय वलवहादुर खत्रिले भन्नुभयो,–‘ बाटो खन्दा झरेको माटोले मुहान पुरेपछी खानेपानिको झनै समस्या भएको हो ।’ बाटो खन्दा भिरमा अडिएका ढुँगाहरु पल्टिदा त्यहि टाढाको मुलमा पनि त्रास वोकेर पानी लिन पुग्नुपर्ने उहाँले बताउनुभयो ।
    भुल्के खानेपानि आयोजनावाट पनि हप्तामा एक दुई पटक मात्र पानि आउने गरेको स्थानिय मिठी नेपालिले बताउनुभयो । भुल्के खानेपानि आयोजनावाट प्रयाप्त पानि नआउनाले त्यस गाँउमा पानिको हाहाकार हुने गरेको छ। २५ वर्ष पहिले मर्मत गरिएको हो तर अहिले सम्म मर्मत नहुँदा, जिर्ण अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘कसैको नजर नपुग्दा खानेपानीको मुल सुक्दै गएको छ ।’ यस क्षेत्रका पुरुषलाई भन्दा महिलालाई खानेपानीको पिरलो वढी हुने उहाँले बताउनुभयो उहाँले भन्नुभयो,–‘पुरुष वढी ईण्डीया जानुहुन्छ, त्यसैले महिलालाई अझ वढी समस्या छ ।’
    भुल्केको खानेपानीको मुल मर्मत गर्न गाउँपालिकाले यस आर्थिक वर्षमा रु ५० हजार रकम विनियोजन गरेको वडा अध्यक्ष लेख बहादुर थापाले बताउनुभयो । यो गाउँमा खानेपानीको समस्या छ उहाँले भन्नुभयो,–‘समस्या समाधान गर्न धेरै कदम चालेका छौँ ।’ लिफ्ट मार्फत चुजाँमा खानेपानी पु¥याउने उदेश्यले गाउँपालिकाले प्रदेश संग रकम माग गरेको उहाँले बताउनुभयो ।
    शौचालय प्रयोग गर्न समस्या
    खानेपानिको समस्याका कारण स्थानियले सौचालय प्रयोग गनै समस्या रहेको छ। सौचालयमा दिसापिसाव गरेपनि पानि अभावका कारण अत्यन्तै दुर्गन्धित हुने गरेका छन्। सरसफाईयुक्त गाउँ बनाउने गाउँ गाउँमा चल्दा पनि हाम्रो गाउँमा पानी नहुनाले रोकीएको उहाँले बताउनुभयो ।
    विहान ४ बजे उठेर धारामा पानी लिन पुग्छु, त्यहाँ जाँदा मान्छेको लाईन हुन्छ उहाँले भन्नुभयो ,–‘पानी भर्दा कहिले झगडा पनि गनुपर्छ ।’ घरघरमा सौचालय भएर के काम प्रयोग गर्न पाएका छैनौ उहाँले भन्नुभयो,–‘गाउँ सबै पूर्वाधारले युक्त छ तर पानी नहुनाले सबै ओझेलमा परेका छन् । ’
    विद्यार्थी पढन छाडेर पानी भर्छन्
    चुजाँकी सुनिता नेपाली १३ वर्ष पुग्नुभयो । उहाँ अहिले गाउँकै विद्यालय अमर माध्यामिकमा कक्षा ६ मा पढनुहुन्छ । उहाँ विहान १ गाग्रो पानी बोकेर विद्यालय जानुहुन्छ । उहाँ हप्ताको केहि दिन मात्र विद्यालय जानुहुन्छ । विद्यालय गएपनि पानीकै समस्याले मध्यान्नमा पढन छाडेर पानी बोक्न जाने गरेको बताउनुभयो । कहिले विद्यालय जान्छु कहिले जादैन् ,उहाँले भन्नुभयो,–‘खानेपानी लिन जाँदा पधेरोमै लाईनलाग्दा विद्यालय जाने समय जान्छ ।’
    उहाँ संगै उहाँका भाई आसिष नेपाली जर्कीन बोकेर पानी लिन पधेरोमा पुग्नुहुन्छ । ३ कक्षामा पढने उहाँ मध्यान्नमा विद्यालय छाडेर पानी बोक्न आएको बताउनुभयो ।मध्यान्नमा घर आएस भनेर आमाले भन्नुभयो, त्यसैले पढन छाडेर पानी बोक्न आएको हु ।’ उहाँले भन्नुभयो ,–‘पढने रहर हुँदाहुदै पनि विद्यालय छोड्नुपर्छ ।’ उहाँ दिदीभाईसंगै यस क्षेत्रका धेरै बालबालिका पढन छाडेर पानी बोक्न पुग्ने गरेका छन।।

    Advertisement

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation