• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ५. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ६. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ७. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

ऐरावतीमा घुम्टी शिवीर सकियो:६६ वर्षको उमेरमा नागरिकता


  •   शनिबार, पुष २८, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    ऐरावती गाउँपालिका –१ दाङ्गवाङ्गकी एक वृद्ध महिलाले ६६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । दाङ्गवाङ्गकी कमला साकींले ६६ बर्षको उमेरमा पहिलो पटक नागरिकता प्राप्त गरेकी हुन् । पहिला आवश्यक नपरेको र सदरमुकाम आउन नसक्दा नेपाली नागरिकता पाउनबाट आफू वञ्चित भएको सार्कीले बताइन् । नागरिकता नहुँदा वृद्धाभत्ताबाट समेत उनी बञ्चित थिइन् । नागरिकता प्राप्त गरेपछि उनले वृद्धभत्ता पाउने ऐरावती गाउँपालिकाका उपअध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए ।
    नागरिकता पाउँदा आफू खुशी भएको सार्कीले प्रतिक्रिया दिइन् । सानैमा विवाह गरेकी उनले जिल्ला प्रशासन कार्यालयले ऐरावतीमा संचालन गरेको एकिकृत घुम्ति शिवीरबाट नेपाली नागरिकता लिएकी हुन् । ३ भाई छोरा २ भैनी छोरी गरि ५ सन्तानकी आमा सार्किले नागरिकता बनाईदिनु भन्दा माईतबाट पनि नागरिकता नबनाईदिएको दुखेसो पोखिन् ।
    श्रीमानलाई पटक–पटक नागरिकता बनाइदिन भन्दा किन बनाउन प¥यो भन्थे । उनले भनिन,–‘नागरिकता पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ ।’ उनको उनको २००९ सालमा जन्म भएको हो । पटक पटक हण्डर र ठक्कर खाएकी उनले २०६८ सालमा ५९ बर्षको बुढौलीमा दोश्रो बिहे गरेकी हुन् ।
    गाउँकै विष्णु बहादुर सार्कीसंग अन्र्तजातिय प्रेम विहे गरेको उनले बताईन । प्रेम संग विहे पछि उनी ५ वर्ष भारतको लुदीआनामा बसेको बताईन् । त्यहाँबाट फर्केपछि नागरिकताको बनाउन धेरै प्रयास गर्दा पनि बनाउन नसकेको उनी सुनाउछिन् । नागरिकता बनाउन जिल्ला सदरमुकाम खंलगा धेरै पटक गएको उनले बताईन् । उनले भनिन,–‘ अन्र्तजातिय बिहे गरेको माईतिको नागरिकता चाहिन्छ भने त्यसैले नागरिकता बनाउन सकिएन् । ’ हाँल माईती संगको सम्बन्ध राम्रो छ । अहिले उनले दाई ढुन बहादुर घर्तिको मतदाता नामावलीबाट श्रीमानको सहयोगमा नागरिकता बनाएको बताईन् । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा भएको एकिकृत घुम्ति शिविरबाट उनले ५३–१३–७५–००२०९ नंम्बरको नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको हातबाट बुझेकी छिन् ।
    नागरिकता बनाएपछि बृद्ध भत्ता पाउने आश
    ६६ वर्षको उमेरमा नागरिकता पाएपछि कमला सार्की खुसी भएकी छिन् । जिल्ला सदरमुकाम जाँदा नागरिकता बनेको थिएन उनले खुसी हुदै भनिन, –‘ऐले सबै कागजपत्र मिलाएर आएपछि नागरिकता बन्यो खुसी छु । ’ उनी ६६ वर्ष पुग्दा समेत बृद्ध भत्ता पाएको छैनिन् । ६० वर्ष पुगेपछि वृद्धभत्ता पनि पाईन्थो उनले भनिन,–‘ मेरो नागरिकता नहुनाले पाईन् ।’
    १ कक्षा पनि नपढेकी उनले नागरिकता नबनाएपछि समाजबाट पनि बाहिर भईन्छ , भोट हाल्न पाईन्न भनेपछि, नागरिकता बनाएको सुनाईन् ।

    Advertisement

    ????????????????????????????????????

    घुम्ति शिविरमा सेवा लिनेको घुईचो
    स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको थियो । जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा सयौँ सेवाग्राहीले सेवा लिन सफल भएको गाउँपालिका उपाध्यक्ष बुद्ध बहाुर बस्नेतले बताए । उनले भने,–‘ गाउँपालिकाले लिएको उदेश्य पूर्णतया सफल भएको महशुस गरेको छु ।’ साथै आगामी दिनमा जिल्ला प्रशासनको सहयोग लिएर गाउँपालिकाको अन्य दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गर्न पहल गरिने उनले बताए । गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन् । २ दिन सम्म चलेको शिविरमा नागरिकता प्रतिलिपि ३सय २९ जना, फोटो सहितको मतदाता नामावली तीन सय ७८ वटा बनाएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए । त्यस्तै गाउँपालिकाबाट स्वास्थ्य परामर्श सेवा उपचारसहित पाँच सय ५० जना, कृषि सम्बन्धि सेवा ८ सय, अंपागता परिचय पत्र ३३ वटा, पशु सेवा परामर्श ४ सय ६४ जनालाई र जेष्ठ नागरिक परिचय पत्र २३ जनालाई प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताए । त्यस्तै घरेलुतर्फ २ दर्ता, २ नवीकरण र १० जनालाई परामर्श सेवा दिईएको छ ।

    शनिबार, पुष २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त
    दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ५.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...