• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

ऐरावतीमा घुम्टी शिवीर सकियो:६६ वर्षको उमेरमा नागरिकता


  •   शनिबार, पुष २८, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    ऐरावती गाउँपालिका –१ दाङ्गवाङ्गकी एक वृद्ध महिलाले ६६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । दाङ्गवाङ्गकी कमला साकींले ६६ बर्षको उमेरमा पहिलो पटक नागरिकता प्राप्त गरेकी हुन् । पहिला आवश्यक नपरेको र सदरमुकाम आउन नसक्दा नेपाली नागरिकता पाउनबाट आफू वञ्चित भएको सार्कीले बताइन् । नागरिकता नहुँदा वृद्धाभत्ताबाट समेत उनी बञ्चित थिइन् । नागरिकता प्राप्त गरेपछि उनले वृद्धभत्ता पाउने ऐरावती गाउँपालिकाका उपअध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए ।
    नागरिकता पाउँदा आफू खुशी भएको सार्कीले प्रतिक्रिया दिइन् । सानैमा विवाह गरेकी उनले जिल्ला प्रशासन कार्यालयले ऐरावतीमा संचालन गरेको एकिकृत घुम्ति शिवीरबाट नेपाली नागरिकता लिएकी हुन् । ३ भाई छोरा २ भैनी छोरी गरि ५ सन्तानकी आमा सार्किले नागरिकता बनाईदिनु भन्दा माईतबाट पनि नागरिकता नबनाईदिएको दुखेसो पोखिन् ।
    श्रीमानलाई पटक–पटक नागरिकता बनाइदिन भन्दा किन बनाउन प¥यो भन्थे । उनले भनिन,–‘नागरिकता पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ ।’ उनको उनको २००९ सालमा जन्म भएको हो । पटक पटक हण्डर र ठक्कर खाएकी उनले २०६८ सालमा ५९ बर्षको बुढौलीमा दोश्रो बिहे गरेकी हुन् ।
    गाउँकै विष्णु बहादुर सार्कीसंग अन्र्तजातिय प्रेम विहे गरेको उनले बताईन । प्रेम संग विहे पछि उनी ५ वर्ष भारतको लुदीआनामा बसेको बताईन् । त्यहाँबाट फर्केपछि नागरिकताको बनाउन धेरै प्रयास गर्दा पनि बनाउन नसकेको उनी सुनाउछिन् । नागरिकता बनाउन जिल्ला सदरमुकाम खंलगा धेरै पटक गएको उनले बताईन् । उनले भनिन,–‘ अन्र्तजातिय बिहे गरेको माईतिको नागरिकता चाहिन्छ भने त्यसैले नागरिकता बनाउन सकिएन् । ’ हाँल माईती संगको सम्बन्ध राम्रो छ । अहिले उनले दाई ढुन बहादुर घर्तिको मतदाता नामावलीबाट श्रीमानको सहयोगमा नागरिकता बनाएको बताईन् । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा भएको एकिकृत घुम्ति शिविरबाट उनले ५३–१३–७५–००२०९ नंम्बरको नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको हातबाट बुझेकी छिन् ।
    नागरिकता बनाएपछि बृद्ध भत्ता पाउने आश
    ६६ वर्षको उमेरमा नागरिकता पाएपछि कमला सार्की खुसी भएकी छिन् । जिल्ला सदरमुकाम जाँदा नागरिकता बनेको थिएन उनले खुसी हुदै भनिन, –‘ऐले सबै कागजपत्र मिलाएर आएपछि नागरिकता बन्यो खुसी छु । ’ उनी ६६ वर्ष पुग्दा समेत बृद्ध भत्ता पाएको छैनिन् । ६० वर्ष पुगेपछि वृद्धभत्ता पनि पाईन्थो उनले भनिन,–‘ मेरो नागरिकता नहुनाले पाईन् ।’
    १ कक्षा पनि नपढेकी उनले नागरिकता नबनाएपछि समाजबाट पनि बाहिर भईन्छ , भोट हाल्न पाईन्न भनेपछि, नागरिकता बनाएको सुनाईन् ।

    Advertisement

    ????????????????????????????????????

    घुम्ति शिविरमा सेवा लिनेको घुईचो
    स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको थियो । जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा सयौँ सेवाग्राहीले सेवा लिन सफल भएको गाउँपालिका उपाध्यक्ष बुद्ध बहाुर बस्नेतले बताए । उनले भने,–‘ गाउँपालिकाले लिएको उदेश्य पूर्णतया सफल भएको महशुस गरेको छु ।’ साथै आगामी दिनमा जिल्ला प्रशासनको सहयोग लिएर गाउँपालिकाको अन्य दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गर्न पहल गरिने उनले बताए । गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन् । २ दिन सम्म चलेको शिविरमा नागरिकता प्रतिलिपि ३सय २९ जना, फोटो सहितको मतदाता नामावली तीन सय ७८ वटा बनाएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए । त्यस्तै गाउँपालिकाबाट स्वास्थ्य परामर्श सेवा उपचारसहित पाँच सय ५० जना, कृषि सम्बन्धि सेवा ८ सय, अंपागता परिचय पत्र ३३ वटा, पशु सेवा परामर्श ४ सय ६४ जनालाई र जेष्ठ नागरिक परिचय पत्र २३ जनालाई प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले बताए । त्यस्तै घरेलुतर्फ २ दर्ता, २ नवीकरण र १० जनालाई परामर्श सेवा दिईएको छ ।

    शनिबार, पुष २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...