सलिम अन्सारी,प्युठान। प्युठान-भालुवाङ सडक खण्डमा यात्रा गर्ने सर्वसाधारणलाई थाहा भएकै कुरा हो, दक्षिणी प्युठानको पहिलो बजारका रुपमा चिनिन्छ बड्डडाडा।यहाँ बस रोकिने बित्तिकै व्यापारीहरु दौडेर आउँछन्। ‘अदुवा अदुवा लैजानुस्, घरको लागि कोसेली पनि लिएर जानुस्, सस्तो।’त्यसपछि सुरु हुन्छ अदुवाको मोलमोलाई र एक किलोको ६० रुपैयाँदेखि ७०/७५ रुपैयाँमा।त्यहाँको अदुवा पूर्व मेचीदेखि महाकालीसम्म पुग्छ र भारतीय बजारहरुमा पनि।सडक छेउ मै थापिएका स्थानीय उत्पादन र कृषिजन्य वस्तुको लोभलाग्दो पसलले यहाँ पुग्ने जोकोहीको पनि मन तान्छ । र किनेर लैजान समेत भ्याइहाल्छन ग्राहकहरु।विभिन्न साइजका बट्टामा राखिएका मह,दाल र प्लाष्टिकमा तयार पारिएका अदुवाले प्राय सबैलाई लोभ्याउछन। कृषकद्धारा गाउमा उत्पादित मौरीको मह, दाल, वारिमा फलाईएका पिडालु यो बजारमा पाईन्छ ।यहाँ आयातित बस्तुभन्दा जिल्लाकै उत्पादनलाई प्राथमिकता दिईन्छ ।यहाँ यतिमात्रै हैन, जिल्लामा उब्जने धेरैजसो उत्पादन देख्न र किनमेल गर्न पाईन्छ । जिल्लाको प्रसिद्ध मानिएको धार्मिक तिर्थस्थल स्वर्गद्धारी घुम्न आएका भक्तजनहरुले पनि बड्डाडामा राम्रो किनमेल गर्ने गर्छन् । स्थानीय मसाल होटलका सञ्चालक तुकमान एमसिले भने,‘जिल्लाको उत्पादन हेर्न यहाँ आए हुन्छ ।’ गहतको दाल,मसुरो, महँ,पिडालु बेसार लगाएत थुर्पै सामान यहाँ पाइन्छन । घरेलु उत्पादन र स्थानीय उत्पादनको प्रचुर भण्डारण रहेको सरुमारानी गाउपालीकाले पनि वड्डाडा वजारलाई मुख्य केन्द्र मान्ने गर्दछ । ‘प्यूठान जिल्ला भित्रने र वाहिरने यात्रुहरुले वड्डाडामा किनमेल गर्छन् । जिल्लामा भित्रने यात्रु र स्वर्गद्धारी आउने भक्तजनको सख्यामा वृद्धिभएसगैं ब्यापारमा पनि वृद्धि भएको उनले जनाए । त्यहाका ब्यापारिहरुले दैनिक हजारौ रुपैयाको कारोवार गर्ने गर्छन् । त्यसैबाट कतिपयले जिविका समेत धानेका छन।जिल्ला भित्रने सवारि साधनहरुले पनि वड्डाडामा सवारि रोक्ने कारणले पनि ब्यापारमा टेवा पुगेको छ । यात्रुहरुले किनमेल गर्न सजिलो होस भनेर १० मिनेट देखि आधा घण्टासम्म वस रोकिन्छन । यस्तै यात्रुहरुको खाना र नास्ता गर्ने थलो हो यो। बजारको घुमफीर गर्ने धेरै छन् ।सरुमारानी गाउपालीकामा प्रसस्त मात्रामा मौरी पालन ब्यवसाय फष्टाएकै कारण त्यहाँ त्यहिकै उत्पादित महँ विक्रि गर्ने गरिन्छ । पिडालु, गहत लगाएतको दालपनि सरुमारानीकै गाउँहरुमा उत्पादन हुने गर्छ । पौष्टिक आहारको रुपमा महत्वपुर्ण मानिने मह र पत्थरि रोगका लागी उपयूक्त मानिएको गहतको दाल त्यहाको वजारमा प्रसस्त पाईन्छ । गाउँमा उत्पदित वस्तुले बजार पाउदा त्यहाँका स्थानीयपनि दगं छन् । ‘बजारको कुनै समस्या छैन् ।’स्थानीय ओमन रेश्मी भन्छन ‘वजारमा जति आएपनि पुग्दैन् ।’ पबित्र तपोभुमी स्वर्गद्धारी दर्शन गर्न आउने दर्शनार्थीले समेत कोसेलीका रुपमा यी कृषीजन्य बस्तु किनेर लैजाने हुँदा यहाको कारोबार अझ फस्टाएको छ। वर्षेनी यहाँबाट करोडौं रकम बराबरको कृषिजन्य उत्पादन जिल्लाबाहिर निर्यात हुने गरेको छ । मह र अदुवा उत्पादनका लागि सरुमारानी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ जिल्लाकै पकेट क्षेत्र हुन् । पकेट क्षेत्रका कृषकहरुका लागि स्थानीय ऐंरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाले सघाउदै आएको छ । यहाँ उत्पादित कृषिजन्य वस्तु कपिलवस्तुको कृष्णनगर नाका, बाँकेको रुपैडिहा नाका हुँदै भारतीय बजारसम्म पुग्ने गरेको छ भने राजधानी काठमाडौंसम्म पनि निर्यात हुने गरेको छ ।यहाँको स्थानीय उत्पादनको माग बढेसँगै कृषकहरु उत्साहित भएका छन् । दिउसोको समयमा बजारमा किनमेल गर्ने र हेर्नेको भिड लाग्ने गर्दछ । स्थानिय उत्पादनलाई प्राथमिक्ता दिने भएकाले यहाको व्यापार फस्टाउँदो छ। गाउपालीकाले पनि वड्डाडालाई पुरानो अस्तित्ब जोगाउन पहल गर्नुपर्ने स्थानीयको माग छ ।
गाउँको कोसेली !
गाउँको कोसेली !

Advertisement
तपाईको प्रतिक्रिया