• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ५. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ६. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ७. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ८. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ९. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • १०. यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

गुल्मीका शक्ती पिठमा भक्तजनको बाक्लो उपस्थिती


  •   बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् ।
    गतवर्ष भन्दा यसवर्षको वडादशैंको अबसरमा मन्दिर तथा शक्ति पिठहरुमा भत्तजनको बाक्लो उपस्थिती देखियो । यसवर्ष कोरोना महामारी कारण लगाइएको निशेषधाज्ञामा केहि सहज भएकाले पनि मन्दिरहरुमा भत्तजनको उलेख्या उपस्थितीमा महानवमी मनाइएको छ ।
    नवमीको अबसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै,चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर लगायतका स्थानका मन्दिरहरुमा पूजागर्नेहरुको ठुलो भिड लाग्ने गर्दछ । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।
    महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन्। देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बली दिने गर्दछन् ।
    कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।
    परिवारको खुसशान्तीको कामनामा बली दिने गर्दछन्। गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरु मन्दिर पुगेका थिए।
    काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढने गदछ ।
    हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ ।
    यस वर्ष सराय नाच देखाउन नपाइने
    गुल्मीमा दशैंको अवसरमा देखाइने सराय नाचमा यस वर्ष प्रतिबन्ध लगाइने भएको छ । जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।
    जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले दशैंको अवसरमा गरिने सराय नाचलाई यस वर्ष रोक लगाइउको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।
    गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

    Advertisement

    बिहिबार, असोज २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता
    रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
    प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ५.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ६.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    भर्खरै

    • १.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • २.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ३.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • ४.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ५.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ६.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ७.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ८.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...