• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

रामग्राम स्तुप क्षेत्रमा जियोफिजिक्स सर्भे शुरु


  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • नवलपरासी ।पश्चिम नवलपरासीमा अवस्थित राम ग्राम स्तुपा ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो। कोलिया गणराज्यको रूपमा राम ग्राम स्तुपा रहेको र यसको राजधानी नवलपरासीको पण्डितपुरमा परेको छ। भुर्गभविदले नवरपरासीको पण्डितपुर कोयि गणराज्यको राजधानी भएको पुष्टि गरिसकेको अवस्था रहेकाले पनि यस महत्त्व गरिमा झनै बढेको छ। राम ग्राम नगरपालिका वडा नं. ३ उजैनीमा पर्दछ। सरमुकाम परासीदेखि दक्षिण महेशपुरबाट ३ किमी दुरी पार गरी उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्कोमा राम ग्राम स्तुपा रहेको छ। यो स्थलको महत्वपूर्ण विशेषता ठूलो स्तुप हो जसको लम्बाइ १० मिटर छ भने व्यास २३ दशमलव पाँच मिटर रहेको छ ।रामग्राम स्तुप युनेस्कोको विश्व सम्पदाको सम्भावित सूचीमा छ । भगवान् गौतम बुद्धका सातवटा अस्तुधातुमध्ये एउटा मात्र सिङ्गो अस्तुधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ ।

    Advertisement

    सर्भे शुरु

    भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल पश्चिम नवलपरासीको रामग्राम–७ उजौनीस्थित रामग्राम स्तूप क्षेत्रमा तत्कालै भौगर्भिक अध्ययन (जियोफिजिक्स सर्भे) शुरु भएको छ ।रामग्राम नगरपालिका–७ उजौनीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेका स्थल स्तुप क्षेत्रमा सर्भे शुरु भएकोे हो । युनेस्कोमार्फत यूके एलायन्सको आर्थिक सहयोग, बेलायतको डुरह्याम विश्व विद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा भौगर्भिक अध्ययनको काम थालिएको हो । यसका लागि बेलायतबाट विज्ञहरुका टोली यहाँ आएर कामको शुरुआत गरेका हुन् । टोलीले आगामी मङ्सिर १ गतेसम्म भौगर्भिक अध्ययनको काम गर्नेछ ।यहाँ रामग्राम स्तुप क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरु कुन क्षेत्रसम्म फैलिएको छन् । यसको बृहद् क्षेत्रमा जियोफिजिक्स सर्भे गरिँदैछ । जसको लक्ष्य आगामी दिनमा व्यापक रुपमा यस क्षेत्रको अनुसन्धान गर्नु रहेको पुरातत्व विभागका पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउनुहुन्छ ।नेपालका सरकारी निकायहरुमा भौगर्भिक अध्ययन गर्ने उच्च प्रविधि तथा मेशिनरी उपकरण र पर्याप्त विज्ञ जनशक्ति छैनन् । सो कार्यका लागि आवश्यक उपकरणसहित बेलायतको डुरह्याम विश्वविद्यालयबाट विज्ञको टोलीले काम गरिरहेका छन् ।भौगर्भिक अध्ययनअन्तर्गत प्रविधि तथा उपकरणमार्फत जमीनको सहतबाट करीब दुई मिटरभित्र सम्मको बनोटको अवस्थालाई तस्बिर वा एक्स–रे सरह कैद गर्न सकिन्छ । जसबाट सो रिपोर्टका आधारमा आवश्यक स्थानको पहिचान गरी उत्खनन कार्यलाई सघाउ पु¥याउन मद्दत पुग्दछ । सर्भेबाट जमीनलाई कुनै पनि खनजोत नगरी जमीनमुनि रहेको भग्नावशेष अवस्था पत्ता लगाउने गरिन्छ ।कुन कुन क्षेत्रमा कस्ता कस्ता भग्नावशेष तथा पुरातात्विक वस्तुहरु रहेका छन् सो पत्ता लगाउन सकिने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती बताउनुहुन्छ । यस पटकको भौगर्भिक अध्ययनबाट अब आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुनेछ । यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ ।यसअघि १९ वर्षअघि सन् १९९९ मा स्तुपाको पश्चिमतर्फ सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । यस स्थानमा गौतमबुद्धसँग सम्बन्धित बुद्धकालीन भग्नावशेष, माटाका भाँडाकँुडालगायतका विभिन्न भग्नावशेष यस अगावै फेला परिसकेका छन् । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल पुनः जियोफिजिक्स सर्भेको काम शुरु गरिएको हो । स्तुप वरपरको क्षेत्रमा बृहद् सर्भे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ । जसबाट अब रामग्राम स्तुपको विकास तीव्र गतिमा हुने आशा पलाएको छ । यस क्षेत्रमा पुरातात्विक अन्वेषण गर्ने चासो सन् १८९६ देखि शुरु भएको हो । चिनियाँयात्री फासियान (पाँचौँ शताब्दी) र युवानचाङ (सातौँ शताब्दी) को यात्रा विवरणका आधारमा पुरातत्व विभागका बाबुकृष्ण रिजालले बुद्ध अस्तु राखी बनाइएका आठ वटा स्तुपमध्ये यो रामग्राम स्तुप हो भनी पहिचान गरेका रामग्राम स्तुप क्षेत्रमा राखिएको जानकारीमूलक सूचना पाटीमा उल्लेख छ । 

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation