• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

माटोका भाँडा बनाउने ब्यबसाय संरक्षण गर्दै गढवा गाँउपालीका


  •   बुधबार, साउन २९, २०७६ मा प्रकाशित
  • दिपक वली,देउखुरी । दाङको गढवा गाउँपालिका वडा नम्बर ५ को खैरागाउँ र वडा नं ६ को कुमालगाउँका घर घरमा माटोका भाँडाहरु छन । उनिहरुको परम्परागत पेशा ब्यवसायनै माटोका भाँडा बनाउने हो तर बजारीकरण तथा आधुनिक प्रविधिको ज्ञान सिप प्रवर्धन र माटोको अभावका कारण उचित बजार पाउन सकेको छैन । पछिल्लो चरणमा गाउँपालिकाको सहयोगमा देउखुरीको गढवामा कुमाल समुुदायको घर घरमा माटोका भाँडा बनाउने प्रविधिको संरक्षण गरिन थालेको छ । गढवाको वडा नं. १ को पत्रिंगा,बनघुस्री,वडा नं. ३ को खैरा, वडा नं. ६ को कुुमालगाउँ गरि चार गाउँहरुमा माटोका भाँडा बनाउने कुुमाल समुुदायको परम्परागत पेशालाई संरक्षण सम्वर्धन र प्रवर्धन गर्न थालेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुुभयो। थारु कुुमाल समुुदायले आयआर्जनको रुपमा गर्दै आएको माटोका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुुस्ताले खासै चाँसो नदिने गरेका कारण गाउँपालिकाले सहकर्मी समाजको समन्वयमा यो अभियान थालेको हो । जस अन्तर्गत यसबर्ष गढवा गाउँपालिका वडा नंं. ३ को १४ लाख, सहकर्मि समाजको ३ लाख र स्थानीयहरुको २ लाख बराबरको जनश्रमदान गरी कुुल १९ लाखको बजेटबाट गढवा ३ खैरा गाउँमा माटोका भाँडाहरु बनाउने आधुुनिक भट्टी निर्माण गरिएको सहकर्मी समाजका संयोजक खड्क प्रसाद रेग्मी बताउनु भयो ।
    वडानं. ३ खैराका कुमाल समुुदायका कुल ५४ घरधुरी मध्ये २५ घरहरु ब्यवसायिक रुपमै माटोका भाँडाहरु बनाउने काममा पेशेवर रुपमा नै लागेको र परम्परागत ढंगले तयार गरेका भट्टीमा माटोका भाँडाहरु बनाउदा दाउरा,पराल,माटो,समय र मेहनत निकै धेरै लाग्ने तर आधुनीक भट्टीमा बनाउदा जम्मा २ भारी दाउरामा ३०० बढी गमलाहरु तयार गर्न सकिन्छ भने यता बजार ब्यवस्थापनको समस्याले गर्दा निर्माण गरिएका भाडाहरु घर मै थन्काउनु परेको छ थोरै मात्रामा माटोको भाडा बिक्री गरी सानो तिनो घरखर्च चलाउन मात्र हुने गरेको माटोका भाडा निर्माण समुुहका अध्यक्ष बिनोद थारुले बताउनु हुन्छ ।कुुमाल समुुदायको परम्परागत पेशालाई आधुुनिक ढंगले संचालन गरी सिमान्तकृत समुुदायको आर्थिक तथा सामाजिक शसक्तिकरण गर्ने अभियान रहेको गाउँपालिकाले बताएको छ । यता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ प्रसेनीमा पनि कुमाल समुदायको बस्ती छ । माटोका भाडालाई पुर्खेली पेशा बनाएको कुमाल समुदाय नँया सीप र माटोको अभाबका कारण संकटमा परेको छ । तर प्रसस्त माटो नपाईने र नयाँ पुस्ताले भाडा बनाउने सिप नसिक्दाँ कतै आफ्नो पेसा नै लोप हुने होकी भन्ने पुराना पुुस्तालाई डर छ । आफ्नो पेशालाई संरक्षण गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ । २८ बर्ष भन्दा बढी समयदेखि माटोका भाडा बनाउदै आएका तुलसीपुर ७ का प्रेम कुमालले कुमाल समुदायको पेशा संकटमा पर्ने लागेको संकेत पाएको बताउनुभयो । यदी माटोका भाडा संरक्षण गर्ने हो भने स्थानिय सरकारले ध्यान दिनुपर्छ,होईन भने ईतिहास समाप्त हुन्छ,उहाले भन्नुभयो । प्रसेनीका करिब ६०÷७० घर परिवार रहको कुमाल बस्तीमा १८ जनाले मात्र माटाका भाडा बनाउन जानेका छन । ती मध्ये ९ जनाले बैकल्पीक पेशाको खोजीमा छन । प्लाष्टीकका भाडाले बजार ढाक्न थालेपछि माटोका भाडा प्रतिको आर्कषण घटदै गएको प्रसेनीका ६२ बर्षिय गोपाल कुमाललाई लागेको छ । माटोका भाडा बिक्रि गरी दैनिक खर्च जुटाउन समस्या हुदै गएपछि नँया पीडिले बैकल्पीक पेशाको खोजीमा रहेका उहाले बताउनुभयो ।प्रसेनीका ७२ बर्षिय दिल बहादुर कुमालले पुख्र्यौली पेशा गर्दै आएको भएपनि छोरा बुहारीले नगर्न सुझाएको बताउनुहुन्छ । आर्कषक सामाग्री बजारमा भित्रि सकेकाले माटोका भाडा घट्दै गएको हुदा यो पेशालाई छोड्न सुझाएका दिलबहादुरको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातीको पेशाको लागी यो आर्थिक बर्षमा पेशा संरक्षण र सिप विकासको लागी २० लाख रकम छुट्टाएर काम गर्ने कार्यापालिका सदस्य दिपक कुमालले बताउनुभयो । संरक्षण र प्रर्बदनका लागि सीप सिकाउने ब्यबस्था गरीएपनि भाडा बनाउने माटोका लागि भने चुनौति नै छ । खाली जग्गा कतैपनि छैन । सबैजसो अतिक्रमण भई सकेको जग्गा छ । भाडा बनाउने स्तरको माटो चिम्टाईलो हुुनुपर्ने र जहाँको माटोले काम नगर्ने भएकाले आगामी दिनमा झनै समस्या हुने कुमाल समूदायको चिन्ता छ । यसमा राज्यले ध्यान दिनुपर्ने देखिन्छ

    Advertisement

    बुधबार, साउन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation