टेक बहादुर पुन,लमही । ज्ञानिमाया कुसुण्डा उमेरले ८३ बर्ष पुग्नुभयो। नागरिक्ता प्रमाण पत्रमा ज्ञानिमाया पुन उल्लेख गरिएको छ । तर उहाँ लोपोन्मुख कुसुण्डा समुदाय कि हुनुहुन्छ दाङको लमही नगरपालिका ६ कुलमोहर बस्ने ज्ञानिमाया एकल महिला हुनुहुन्छ । त्यही माथी लोपोन्मुख जाती, डाँडा माथीको घाम्, चाहनाहरु अनेक हुँदो हो ।

बृद्द उमेरमा बाहिर भित्र गर्न पनि धौधौ । अाफुले पिउने पानी लिन पनि टाढाको धारामा जानुपर्थ्यो । त्यसैले उनको यहि बाध्यतालाई ख्याल गर्दै लमही खानेपानी उपभोक्ता समितिले बिहिबार उहाँको घरअागनमै निशुल्क धारा जडान गरिदिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष डण्डिराम चौधरी, उपाध्यक्ष लिला शाह, सचिब सनम पौडेल, सदश्य श्यामकला पोख्रेल भुषाल, कुसुण्डा भाषाका अनुसन्धान कर्ता उदय अाले, पत्रकार लगायतको टिमले धारा जडान गरेको हो । खानेपानि अध्यक्ष चौधरीले लोपोन्मुख कुसुण्डा जातीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कुसुन्डा जातको पहिचान गरि पहिलो चरणको कक्षा पनि सकिएको छ । अब छिट्टै दोस्रो कक्षा सँचालन हुने अनुसन्धान कर्ता उदय अालेले बताउनु भयो । ज्ञानिमाया जिवित रहेर नै लोपोन्मुख कुसुन्डा भाषाको फेरि उजागर हुँदैछ । अनुसन्धान कर्ता अालेलाई भाषा सम्बन्धि ज्ञान भएपनि सिकाईमा टोन फरक हुने भएकाले कक्षा ज्ञानिमायाले लिने गर्नुहुन्छ । बिश्वले मृत घोषणा गरिसकेको भाषालाई फेरि प्रयोगमा ल्याउनु चानचुने होईन । अाफ्नै श्रोत साधानमा करिब ५ बर्ष अनुसन्धान गरेर अालेले भाषा सम्बन्धी ज्ञान लिनुभयो ।

कुसुन्डा भाषालाई जोगाउन कै लागि उहाँले “कुसुन्डा भाषा र शब्दकोष” नामक किताब पनि बजारमा ल्याउनु भयो ।”अति दुर्लभ, तर जिवित भाषा हो कुसुण्डा, श्रोत साधानको कमिले हरेस पनि खाए अालेले भन्नुभयो- अहिले त पहिलो चरणको कक्षा पनि सकियो, खुसि लाग्छ ।” अालेले भाषालाई सधै प्रयोगमा ल्याउनको लागि सरकारले कुसुण्डा जातीलाई एकै ठाउँमा बस्ने बाताबरण मिलाउनुपर्ने बताउनुभयो । बाँके, रुकुम, रोल्पा, प्युठान, कपिलबस्तु लगायतका जिल्लाहरुबाट अध्ययनका लागि दाङ्ग अाउने गर्छन । सबै एकैठाउँ भईदिए अापसमा बोलेर भएपनि भाषाको सँरक्षण हुन्थ्यो अालेले भन्नुभयो । भाषालाई पर्यटन र प्रबर्धनको लागि पनि बिकाश गर्न सकिने उहाँको भनाई छ ।२०६८ सालको जनगणनाले कुसुण्डा जातीको जनसँख्या २७३ बताएपनि नेपाल अधिराज्यमा १५० कुसुण्डा जातीको बसोबास छ ।