राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले बाहिरी जिल्लाका किसानहरुलाई मौरी चरनमा रोक लगाएका छन् । सर्लाहिबाट मौरी चरनका लागी प्युठान आएका कृषक हेमराज देवकोटाले फोन गरेर मेयरले मौरी चरनमा आफुलाई रोक लगाएको बताए। ‘५ नम्बर प्रदेशमा बाहिरबाट मौरी लिएर किन आको? अन्यत्र प्रदेशको मौरी लिएर आउन पाउनुहुन्न’ देवकोटाले भने ‘स्थानियहरुको गुनासो छ भन्दै मेयरले यथासिघ्र मौरी उठाएर जानुस भन्नुभयो।’ मौरिकृषकले कामना डेलिसंग थप भनेका छन,’मेयरसंग मैले मौरिका कुरा राख्न खोजेँ,उहाले संघियता तपाईहरुले बुझ्नु भएको छैन कि क्या हो,जे भन्नुछ तपाईकै प्रदेशमा गएर भन्नुस भन्ने जवाफ दिनुभयो।’ ‘यहाँ यस्तो सिन्डिकेट चलिसकेको रहेछ’ पीडित किसान देबकोटा भन्छन् ‘यस्तो त अन्याय नै भयो नि ।’ उता, मेयर कक्षपतीले भने, जिल्ला बाहिरबाट ब्याबसायका लागि आउने जोकोहिले पनि स्थानिय सरकारको अनुमती लिनुपर्ने बताए। ‘ कृषकहरुको गुनासो छ,स्थानिय सरकारसंग समन्वय गर्नुस भनेको हुँ’ मेयर कक्षपतीले भने,’ सजिलो भए भैहाल्यो,आफुलाई समस्या परे मात्रै सरकार गुहार्ने?’ यश बिषयमा छलफल गर्नका लागि नगरपालिकाले स्थानिय र जिल्ला बाहिरका मौरिपालक कृषकहरुलाई बोलाईएको उनले जानकारी दिए। तोरी र चिउरी फूल्ने यो सिजनमा कपिलवस्तु ,नवरपरासी, रुपन्देही,चितवन सर्लाहीलगायत जिल्लाबाट बर्सेनि यहाँ माहुरी चराउनका लागि किसानहरु आउने गर्दछन्।
मौरी चरनमा अबरोध गरेका छैनौ
तर, माहुरी पालक किसान संघ प्युठानका अध्यक्ष विष्णु सारुले भने बाहिरका किसानहरुलाई यहाँ माहुरी चराउनका लागि कुनै अवरोध नभएको दाबी गर्छन् । ‘पहिला जिल्लाकै माहुरी चरनको व्यववस्थापन गरौँ भन्नेमात्रै हाम्रो भनाई हो’ उनले भने, ‘स्थानीयसँग समन्वय गरेर चराउन ल्याउनलाई हामीले कुनै अवरोध गरेका छैनौँ ।’ महासघले मौरी चरनमा रोक लगाउने त्यस्तो कुनै निर्णय नगरेको जानकारी दिदै ‘उनले भने ‘हामीले कसैलाई रोकेका छैनौँ ।’ महासंघले पनि जिल्लाभन्दा बाहिर माहुरी चराउन लैजाँदा त्यहाँका किसानहरुसँग समन्वय गरेर लैजान भनेको छ । यद्धपी,समन्वय बिनै बाहिरबाट भटाभट माहुरी ल्याएर राख्न थालिएको गुनासो जिल्लाका किसानबाट आएको उनले बताए। ‘बाहिरका माहुरीले गर्दा आफूहरु विस्थापित भएको गुनासो साथिहरुले गर्नुभएको छ’ उनले भने। जिल्लामा तोरी र चिउरी प्रशस्त हुने भएकाले जिल्ला बाहिरका किसानहरु चरनका लागि यहाँ लोभिन्छन । उनिहरुले जग्गाधनिलाई चरन वापतको भाडा समेत तिर्ने गरेका छन । ‘हामीले जग्गा जस्को हो उसैसंग सम्झौता गर्छौं, भाडा तिरेर मात्रै माहुरी चराउछौँ, तर, यहाँ यस्तो सिन्डिकेट चलिसकेको रहेछ’ कृषक देबकोटा भन्छन् ‘यस्तो त अन्याय नै भयो नि ।’
कृषि ज्ञान केन्द्र ५ नम्बर प्रदेश प्रमुख कृष्ण बहादुर बस्नेतले माहुरी चरनका लागि कहिकतै प्रतिबन्ध लगाउन नहुने बताए। जुनसुकै जिल्लामा पुगेर पनि किसानले माहुरी चरन गर्न पाउछन् कुनै प्रतिबन्ध छैन।” उनी भन्छन’ “कुनै किसानले पैसा कमायो फाइदा लियो भनेर रीस , डाहा गर्नु ठिक होइन।’ पछिल्लो समय माहुरी पालन तर्फ किसानको आकर्षण बढ्दो छ । यहाँ उत्पादित मह प्युठान सहित दाङ, नेपालगंज, कपिलबस्तु,रुपन्देही, काठमाडौं, पोखरालगायतका शहरमा पुग्छन् । कोसेलीको रुपमा विदेशसम्म पुग्छन् । प्रतिकेजी ७ सय रुपैयाँका दरले किसानहरुले मह बेच्दै आएका छन् । प्रति गोला (मौरी घार) १२ हजार रुपैयाँका दरले किनवेच चल्दै आएको छ । एउटा गोलामा ६० देखि ९० हजारसम्म मौरी हुन्छन् ।